Posted by: Nepe May 12, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
दोधारेज्यू, तपाईको शालिनताको तारीफ त उ बखतमै गरिसक्या हुनाले नदोह-याएको हुँ । तपाईको अन्तिम पोस्टीङमा जायज कुराहरु त छदैछ, झन् किन राजाको शक्तिखोर र दमनकारी नीति, जसले विद्यमान घृणा र द्वेषलाई झन् बढाएको छ, नाजायज छन् भन्ने प्रश्नको उत्तर समेत दिनुभएको छ । राजाले जे गरे, गरे, अब हामीले त्यसलाई स्वीकार गरेर मेलमिलाप गरौं भन्ने तपाईको आग्रह पक्कै होईन । कि हो ? सम्वैधानिक राजतन्त्रवादी "मध्यमार्गी" हरुको वर्चस्व भएको यो -यालीको उद्देश्य पनि वास्तवमा मेलमिलापकै लागि छ । यो यो शर्तमा राजनैतिक पार्टी, राजा र माओवादी बीच मेलमिलाप हुन्छ भनेर राजालाई र अरु श्रोताहरुलाई सुनाउन आयोजना गरिएको हो, मूलत: । सम्वैधानिक राजतन्त्रवादीहरु सिद्धान्तले नै मेलमिलापवादी हुन् । त्यसैले तपाईले खोजेकै कुरा छ पाउनुहुनेछ, कमसेकम -यालीका अधिकांश वक्ताहरुबाट । सहभागीहरु हुन् खासमा झस्कनु पर्ने कुरा, किनभने मलाई विश्वास छ त्यहा बहुसंख्यक सहभागीहरुले द्वन्दप्रति अर्थात् गणतन्त्रप्रति आफ्नो आकर्षण देखाउने छन् । 'निरंकुश राजतन्त्र मुर्दावाद' भनिएलान् तर त्यसको अर्थ 'सम्वैधानिक राजतन्त्र जिन्दावाद, गणतन्त्र मुर्दावाद' भनेर बुझ्ने सारै कम हुनेछन् । अधिकांशले 'राजतन्त्र मुर्दावाद' भनेर बुझ्ने छन् । अब यी गणतन्त्रवादीहरुसंगको मामला चाहि बडो पेचिलो छ । यसबारे छुट्टै बहस आवश्यक होला ।
Read Full Discussion Thread for this article