Posted by: dodhare May 12, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
पुन्टे ज्यू, तपाईका बिचारहरु एकदमै प्रष्ट छन्। चाहे हस्यौली ठट्यौली होस या गहन विषय होस, म तपाईका बिचारहरुबाट प्रभाबित छु र म तिनको श्रद्धा गर्छु। तपाईको प्रजातन्त्र प्रतिको निष्ठा अटल छ र म पनि आफूलाई प्रजानतन्त्रवादी नै ठान्छु। तर हाम्रा सामु बिगतमा यति धेरै घटना घटेका छन कि तिनको निर्क्योल निकाल्न एकमात्र बाटो सही हो भन्ने सहमतमा हामी छैनौ। बस, फरक यति मात्र हो। नेपाली सेना र प्रहरीको बारेमा तपाईका बिचार सही छन्। तर एउटा तीतो सत्य के हो भने तिनीहरुले सबैको कार्यकालमा लडेका छन गिरिजादेखि देउवा र राजासम्म। ति संस्थाहरुमा ब्यापक परिबर्तन हुनु जरुरी छ भन्ने मैले पैले पनि लेखेको छु। तर जिम्मेवार पार्टी तथा नेताहरुले उनीहरु प्रति आफ्नो हेराई स्पस्ट बनाउनु पर्छ। ताक परे तिवारी नत्र गोतामे को शैली अलिक ठीक भएन। माओवादीहरुसंग लड्न प्रहरी र सेनाको प्रयोग गरेको हाम्रै प्रजातान्त्रिक नेताहरुले हो। उनीहरुको लागि विदेशी सहयोगको माग गरेको पनि उनीहरुले नै हो। त्यो सहयोग रोक्नु पर्छ भन्ने पनि उनीहरु नै। माओवादी समस्या यथावतै छ र युद्ध जारी नै छ। राजाको कदमको बारेमा बहस गर्न सकिन्छ तर त्यसको जिम्मेवारी सुरक्षा निकायलाई दिन सकिन्न। त्यसैले राजाको विरोध खुलेर गर्नोस तर असर सुरक्षा निकायमा हुनु हुदैन। सुरक्षा संरचना कमजोर हुनु भनेको देश कमजोर हुनु हो। सुरक्षाकर्मीहरुलाई परिवर्तन गरी सही दिशामा ल्याउन उनीहरु प्रतिको हेराईमा पनि परिवर्तन आउनु पर्छ भन्ने मेरो भनाई हो। तपाईको एउटा लेख पढेको थिए कान्तिपुरमा जहां राजा एउटा शक्ति हो भनेर तपाईले भन्नु भएको छ। म पनि त्यो कुरामा विश्वास गर्छु। त्यस्तै माओवादी पनि आजको एउटा शक्ति हो। प्रजातन्त्रवादीहरु त झन ठूला शक्ति थिए र आज त्यो शक्ति उनीहरुले कति कमजोर पारे भन्ने हेक्का मलाई छैन। तर समयले त्यो देखाउछ नै। जे होस, मैले भन्न खोजेको के हो भने एउटा शक्तिले अर्को शक्तिलाई सखापै पार्ने क्षमता कसैमा छैन। दीगो शान्ति त मेलमिलापबाट मात्र आउछ। हाम्रो जस्तो देशले अरु बढि युद्ध खेप्न सक्दैन। तर विडम्वना के छ भने हामी नेपाली नेपाली वीचमा घृणा र द्बेश बढेर मात्र गएको छ। सबैजना एक ठाउंमा अटाउन सक्ने वातावरणको श्रृजना गर्न सकिएन भने अशान्ति त सानो समूहले नै ल्याउन सक्छ भन्ने त प्रमाणित भैसक्यो। हैन र?
Read Full Discussion Thread for this article