Posted by: pundit May 12, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
सरु लगनका साथ पढ्दै छिन् र अघि बढ्दै छिन् । हाम्रो छुट्टि सँगै बित्छ आजकल । कहिले म भर्जिनियामा आमा-बुबा, सरू कहाँ र कहिले सरु र म Adirondack को पहाडमा । यो पालि गर्मीको बिदामा सरु Adirondack आउने भएकि छे । मैले डिजिटल क्यामेरा किनेको छु Adirondack का सयौं फोटोहरु समेट्नु को लागि र सरुलाई उपहार दिनको लागि । अहिले सरुको कलेजमा पढाइ सकिनै लागेको र जाँच भइरहेको हुनाले मलाई लाग्छ उस्लाई यो पढ्न फुर्सत छैन र यो सरप्राईज नै हुनेछ । बुबा-आमाहरु आ-आफ्नो काममा व्यस्त भएपनि धेरै खुशी हुनुहुन्छ । दाजुलाई पनि सञ्चै छ नेपालमा, नेपालको विषम परिस्थिति बाबजुद । अस्ति फोन गर्दा सरु र बुबा-आमाहरु एक-अर्काको तारिफ गर्दै थिए । मेरो लागि यो अर्को खुशिको कुरो थियो सुनिश्चित भविष्यको लागि । ******************************* ईति शुभम्: ******************************
Read Full Discussion Thread for this article