Posted by: pundit May 10, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
भाग १० म उनलाई हेरेको हेर्?यै भइन् र उनि मलाई । मेरो मनमा कति प्रश्न उठे, कति विलाए, कति कुरा भए कति, तर मेरो वाक्य फुटेन । मेरो आँखाहरु मात्र बोलिरहेका थिए, निचोरिदैं जलको प्रवाह सँगै । सरु पनि रुन लागि । लोलाएका ति नजरहरु विच कति भावहरु साटियो कति , तर केवल एक अर्काको रोदन सुनियो केवल रोदन । खुशीको रोदन दु:खको रोदन पीडा अनि अव्यक्त भावनाहरु को रोदन । हामीले एक-अर्कालाई केहि सोधेनम् । कसरि ? किन ? शायद ति सबै कुराहरु हामिहरुलाई अवगत थियो अथवा विगतका दु:ख भन्दा नि हाम्रो लागि मिलन नै ठुलो थियो । म सँग यस्को उत्तर छैन अहिले पनि । हामि एक-अर्काको अँगालोमा बाँधियौं त्यो एति कसिलो थियो एति मिठो थियो म अहिले पनि सम्झिन्छु त्यो पल र आँखा रसाउछन् मेरा । अव्यक्त रुपमा हामिले हाम्रा सबै प्रश्न र उत्तरहरु साट्यौ अतितका बिछोडहरुको सक्दो प्यास मेट्यौ , बिछोडको तृष्णालाई मिलनका पलहरुले जिते त्यो रात । बिहानिको मिर्मिरेले हामिलाइ ब्युँझाइदियो , सरु हतार गरेर जान लागिन् । सरु जाने बेलामा मैले सरुलाई भोलिपल्ट दिउसो पनि आउन आग्रह गरें । उस्ले तिम्रो घरबाट कोहि नआउने भए क्लास सकिए पछि आउछु भनिन् । ऊ हाम्रो दुर्घटनापछि फरेष्ट्रिको पढाइ छोडेर अमेरिका आएकि रहिछन् र यहाँ जोन हप्किन्समेडिकल कलेजमा नर्सिङ् पढ्न थालिछन् । उनिहरुलाइ पढाइको सिलसिलामा स्वयंसेवक भयर अस्पतालमा पनि काम गर्नु पर्ने रैछ । नेपालबाट कोहि उपचार गर्न आएको छ भनेपछि उस्ले चासो लिएर हेर्दा म आएको थाहापाईछिन् । म सँग भेट्ने तिव्र ईच्छा भएपनि मेरो आमाको वचन सम्झेर सोझै भेट्न नसकेर रातिको पालो गरेकि रहिछिन् । तर म सँगै अझै एउटा प्रश्न थियो उनले मलाई पनि किन नभनेकि त - उनले केहि बोलिनन् पहिला त र बिस्तारै भनिन् " तिम्रो पनि मन फेरिएको छ कि भनेर ! " " सरु तिमिले मलाई अझै चिनेकि रहिनछ्यौ " मैले भनें । " तर तिम्रो मामु..............." उनि चुप लागिन् । हो मलाई थाहाथियो त्यो कुरा र म पनि सोचमा थिए । मैले सरुसँग माफिमागें मेरो आमाको तर्फबाट र भनें आमा त्यस्तो हुनुहुन्न उहाँले आवेशमा आएर त्यसो भन्नु भयको हो । अरु म सँग भन्ने वाक्य पनि थिएनन् । मैले आमालाई सबैकुरा बिस्तारमा भन्ने र उहाँलाई राजि गराउने कुरा भनें । मैले सरुलाई शनिबार दिँउसो बोलाएँ , आमासँग भेट गराउने भनेर । मैले आमासँग मेरो प्रेम-खुशी माग्छु जिवन-भर मेरि सरुको साथ माग्छु भन्ने सोचेको थिए ।
Read Full Discussion Thread for this article