Posted by: newuser May 10, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
६. राष्ट्रिय निर्वाचन कार्य आयोजना ः संवैधानिक प्रश्नको निरुपण गर्दै निश्चित अवधिभित्र राष्ट्रिय निर्वाचनको आयोजना गरिनेछ । यस्तो निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष, भयमुक्त र सुव्यवस्थित गर्न अन्तर्राष्ट्रिय अनुगमन र सहयोगसमेत सुनिश्चित गर्न सकिनेछ । साझा सहमति र प्रतिबद्धताको यस प्रक्रियाबाट मुलुकको वर्तमान गम्भीर संकटको निकास निस्कन सक्छ भन्ने हाम्रो विश्वास छ । यो प्रक्रियाबाट मुलुकको संकट समाधान गरी पूर्ण प्रजातन्त्रको स्थापना गर्नु शान्तिपूर्ण जनआन्दोलनको लक्ष्य हो । यस्तो लक्ष्य लिएर संयुक्त जनआन्दोलनमा अघि बढेरमात्र निरंकुशतालाई अन्त्य गर्न सकिनेछ । यो लक्ष्य प्राप्त गर्न हामी निम्नलिखित दलहरू आन्दोलनको साझा कार्यक्रम र आचारसंहिता निर्माण गरी शान्तिपूर्ण आन्दोलनका निम्ति प्रतिबद्ध भएको घोषणा गर्दछौँ । (Just for interested guys)
Read Full Discussion Thread for this article