Posted by: newuser May 10, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
-ग) अग्रगमनको कार्यक्रमसम्बन्धी प्रतिबद्धता ः प्रजातान्त्रिक प्रक्रियामा अघि बढ्दा वा द्वन्द्व व्यवस्थापन र दिगो शान्तिका लागि राजनीतिक समझदारी र प्रबन्धमा जाँदा जनतामा निहित सार्वभौमसत्ता, जनता नै राजकीय शक्तिको स्रोत रहने मान्यताको अक्षुणता, बहुदलीय संसदीय शासन प्रणाली, हिंसा एवं त्रासबाट मुक्त बहुदलीय प्रतिस्पर्धा, कानुको शासन तथा न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता कहिल्यै अपहरित नहुने गरी पूर्णतः सुनिश्चित गरिनेछन् । यसका साथै राष्ट्रिय महत्त्वका विषयमा जनमत संग्रहको प्रावधान, सेना जननिर्वाचित सरकारप्रति जवाफदेही हुने व्यवस्था, राज्यको पुनःसंरचना गरी यसलाई थप सहभागितामूलक, प्रतिनिधिमूलक र मुलुकका सामाजिक, सांस्कृतिक, भौगोलिक, जातीय र भाषिक विविधता प्रतिविम्बित हुने गरी सामवेशी बनाउने प्रबन्ध, स्थानीय स्वशासन र असल प्रशासनको सुनिश्चिता, पूर्ण रूपले पारदर्शी आर्थिक प्रशासनको स्थापना, भ्रष्टाचारको प्रभावकारी नियन्त्रण, महिला, दलित, पिछडिएका जनजाति, मधेसी समुदाय, पिछडिएको क्षेत्र र जनताका निमित न्यायपूर्ण आरक्ष्ाणको व्यवस्था, उपयुक्त आधार वर्ष तय गरी नागरिकता समस्याको समाधान, समानुपातिक विकासको अवधारणा, प्रगतिशील भूमिसुधार, व्यक्तित्व विकासमा समान अवसर, शिक्ष्ाा र स्वास्थ्य सेवाको सुलभ र समुचित बन्दोबस्त, राजनीतिक दलहरूको पारदर्शी, प्रजातान्त्रिक एवं उत्तरदायित्वपूर्ण सञ्चालनलगायतका विषयहरू पनि भावी संवैधानिक संरचनाका विषय बनाउने कुराप्रति हामी प्रतिबद्धता प्रकट गर्दछौँ । -घ) संविधानसम्बन्धी प्रश्नको निरुपण ः नेपाल अधिराज्यको संविधान २०४७ ले जनतालाई राज्य शक्तिको स्राेत मान्नुका साथै सार्वभौमसत्ता र राजकीयसत्ता जनतामा नै निहित रहेको तथा तिनको प्रयोग संविधानबमोजिम हुने व्यवस्था गरेको छ । २०४६ सालको आन्दोलनकेा यो मूल उपलब्धि कुनै पनि बहानामा नखोसिने गरी जनतालाई थप सबल तथा पूर्ण रूपले सार्वभौमसत्ता सम्पन्न बनाउन र देशलाई अग्रगमनतर्फ लैजान ठोस आधार तयार गर्ने प्रतिबद्धता प्रकट गर्दछौँ । मुलुकका सबै राजनीतिक शक्तिहरूलाई राष्ट्रिय राजनीतिको मूल धारमा ल्याउनका लागि अग्रमगनको साझा कार्यक्रमका आधार संविधानसम्बन्धी प्रश्नको निरुपण गरिनुपर्दछ । मुलुकमा विद्यमान सबै द्वन्द्वलाई समाधान गर्न संविधानसभालगायत सबै प्रजातान्त्रिक प्रक्रियालाई अवलम्बन गर्न तयार रहने प्रतिबद्धता व्यक्त गर्दछौँ । ५. अग्रगमनको आधार नेपाल अधिराज्यको संविधान २०४७ ः नेपाल अधिराज्यको संविधान २०४७ लाई आधार मानी मुलुकको राजनीतिक संकटको निकास र अग्रगमनतर्फ अघि बढ्ने प्रतिबद्धता प्रकट गर्दछौं ।
Read Full Discussion Thread for this article