Posted by: newuser May 10, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
वैधानिक सर्वोच्चतालाई तिलाञ्जली दिएर लहडको भरमा शासन गर्ने प्रवृत्तिले सत्ताधारीहरूमा व्याप्त रहेको असुरक्षा भावलाई उजागर गर्दछ । नियमकानून अनुसार सरकार सञ्चालन हुन छाडेपछि शक्तिशालीहरू समेत डराएर आक्रामक हुन थाल्दछन् । तत्कालका लागि यस प्रकारको आचरण र व्यवहारको शिकार सामान्य नागरिक मात्र भए पनि कालान्तरमा एकअर्काप्रति शङ्कालु बन्दै गएको शासक वर्गले सम्पर्ूण्ा राज्यसंरचनालाई भित्रैदेखि कमजोर बनाउँदै लगेर खोक्र्याइदिन्छ । त्यसपछि त्यो संरचना कुनबेला गर्ल्यामगर्ुर्लुम ढल्ने हो, अनुमानै गर्न सकिँदैन । विधिको शासन निर्धालाई मात्र होइन, बलियालाई पनि उत्तिकै चाहिने कुरा हो; किनभने शक्ति सदैव एकै ठाउँमा केन्द्रित भएर कहिल्यै रहँदैन । अहिले मुलुकमा चलिरहेको कार्यपालिकाका ज्यादतीहरू तुरुन्त बन्द हुनर्ुपर्दछ र जिम्मेवार तथा पारदर्शी प्रक्रिया बेगरका कामकारबाहीहरूलाई सच्याउने वातावरण बनाउन स्वतः निष्त्रिय हुने तीन महिनाको अवधि पूरा गर्न लागेको सङ्कटकाललाई अन्त्य हुन दिइनर्ुपर्दछ । नागरिकहरूको नैर्सर्गिक मानवाधिकार हनन्को मामिलामा व्रि्रोही तथा सरकार दुवैथरि अन्तर्रर्ााट्रय समुदायका अगाडि एउटै पंक्तिमा उभिनुपर्ने दर्ुभाग्यपर्ूण्ा अवस्थाको अन्त्यका लागि सरकारले अविलम्ब आफ्नो शासनशैली सच्याउनुपर्दछ । - http://www.himalmedia.com/hkp/2062/baisakh-16-31/sampadakiya.html
Read Full Discussion Thread for this article