Posted by: Kedar_Sharma May 8, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
ओके जी, यो सन्देश म यहाँ र "मञ्जु मलाई माफ गर है" दुवैतिर राख्दैछु। धेरै राम्रो लागेपछि यस्तै हुँदो रहेछ। मैले त तपाईँलाई नेपाली भाषामा लेख्‍न खोज्ने व्यक्ति मात्र ठानेको थिएँ। त्यहाँको तपाईँको लेखन पढेपछि जानेँ, तपाईँ त खास्साको लेखक नै हुनुहुँदो रहेछ। तपाईँको लेखनको म हार्दिक प्रशंसा गर्छु। ह्रस्व दीर्घ मिल्दैन भनेर पीर नमान्नु भए हुन्छ। मिले सुनमा सुगन्ध हो तर सुगन्ध नभए पनि सुन सुनै हो। भाषालाई शुद्ध बनाउने काम प्रुफ रिडरहरूले पनि गर्न सक्छन्। तर विचार र अनुभवलाई अक्षर बनाउने काम लेखकले मात्र गर्न सक्छन्। तपाईँहरू सबैले अनुभव गर्नुभयो होला, ओके जी लगायतका नेपाली साथीहरूको कलम (लेखन) मा नेपाली युनिकोडले प्राण थपेको छ। सबै मिलेर यो अभियानलाई अघि बढाऊँ। नेपालीले नेपालीलाई नेपालीमा लेखौँ। अनि सबैले युनिकोड चलाउन थाल्छन् र सबैको लेखन बलियो हुन्छ। केदार
Read Full Discussion Thread for this article