Posted by: newuser May 8, 2005
Sandwiched Nepal is being squeezed but who cares?
Login in to Rate this Post:     0       ?        
China and India have made an agreement which is virtually a Chinese ratification on Indian occupation of Nepal's territory. Nepalese, instead of being united to survive in the world atlas in the 21st century, are busy fighting to one another. What a tragedy? - www.kantipuronline.com/nepal कालापानी चीनको कोसेली भारतलाई छिमेकका दुइटा शक्तिराष्ट्रबीच सम्बन्ध सुधि्रँदा नेपाललाई फाइदा पुग्नुपर्ने हो । तर, भइदिएको छ उल्टो । सुधीर शर्मा राष्ट्रियताको मुद्दा उठ्नासाथ नेपाली जनमत जति चाँडो आवेशमा आउँछ, त्यति नै छिटो राष्ट्रिय मुद्दालाई समेत बिर्सिदिन्छ । जस्तो कि, कालापानी प्रकरण, जसलाई सरकार, समाज र हामी सबैले चटक्कै बिर्सियौँ । तर, भारतले बिर्सेको रहेनछ । त्यसैले त ऊ चीनसँग यस्तो सम्झौता गर्न सफल भएको छ, जसले कालापानीलाई भारतीय भू-भागका रूपमा मान्यता दिएको छ । भारतले बलपूर्वक आफ्नो भूमिमा गाभेको सिक्किमलाई चीनले ३० वर्षपछि पहिलोपटक भारतीय प्रान्तका रूपमा स्वीकारेकै बेला कालापानीमाथिको अतिक्रमणलाई पनि आँखा चिम्लिदिएको छ । दक्षिण एसियामा भारतको अगुवा भूमिकालाई प्रोत्साहन दिने बेइजिङ्को बदलिँदो नीतिका कारण नेपालले कालापानी मामिलामा मात्र होइन, अन्य थुपै्र दुष्परिणाम बेहोर्नुपर्ने हुनसक्छ । दुई शक्तिराष्ट्र मिलेर नेपाललाई त्यसबेला अप्ठेरोमा पारेका छन्, जुनबेला ऊचाहिँ भारत र चीनलाई आप\mनो बाटोबाट व्यापार गर्न 'ट्रान्जिट' दिने घोषणा गर्दैछ ।
Read Full Discussion Thread for this article