Posted by: Ok May 7, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
श्री स्बस्थानीको पूजामा ताराको घरमा उस्कि रामपुरकी काँईली फूपु पनि गईछन्। ताराका बाउले छोरी रामपुर पढ्न थालेको कुरा पनि गरेछन्। तारालाई दैनिक ५/६ घन्टा हिड्दा गाह्रो भको कुरा पनि भएछ। अनि तारा रामपुर मै बस्ने कुरा मिलेछ, काँईली फूपुको मै। आउदो आईतबार देखि नै बस्ने कुरा भएछ। त्यो आईतबार बिहान त दाजु-वहिनी सँगै गइयो स्कुल पनि। "अब भरे बेलुकाबाट त फेरी एक्लै हुने भएँ, बाटो हिड्दा। एक्लै हुँदा त बाटो काट्न पनि कति गाह्रो हुन्छ?" भन्ने सोचाई घुमिरह्यो। "दाजु, भरे देखि त्यो स्कुलको गेटको चौतारामा मलाई नपर्ख है! म पनि तिमीलाई कुर्दिन त्याँ" रामपुरको डिलमा निस्कनै आँटेका बेलाँ ताराले मेरो ध्यान भङ्ग गर्दि। "हुन्छ, अलि राम्ररी पढ् है तारा रामपुर बस्न पाए पछि त फष्ट हुनु पर्छ नि!" भनेको मात्र के थिएँ, झट्ट सम्झेँ "मञ्जु पनि त तेहि क्लासकी हुन् नि साँची। दुबैजना कसरी फष्ट हुन सक्छन्?"। जो भए पनि मलाई त ठीकै छ नि। पहिला/दोस्रा चाहिँ तारा र मञ्जु नै होउन् भन्ने सोचेँ। "ल अब शुक्रबार दिउसो चाहिँ सँगै फर्कने है त दाजु, म फूपुकोमा निस्केर जान्छु" भनेर तारा गाँउको बाटो लागी। म चाहिँ सधैँको स्कुल जाने बाटो नै स्कुल तिर गएँ। दिनभरीको पढाई सकेर सदा झैं घर हिँडे, त्यो दिन पनि। हुन त ताराले त्यो चौतारामा अब म कुर्दिन भनेकी थिई, तर पनि गेटबाट निस्कने बित्तिक्कै आँखा तेहि चौतारातिर गई हाले। म त झसङ्ग भएँ, अक्क न बक्क। त्यो हामी सधैँ बस्ने चौतारामा त मञ्जु पो बसिरहेकी रहिछिन्। "ला अब के गर्ने होला?"भनेर म त बिलखबन्दमा परेँ। "ओम दाई! कति धेरै पढाई भको तपाईँको त, सातौँ घन्टी पनि पुरै?" मञ्जुले निकैबेर कुर्नु परे जस्तो गरिन्। अर्कै बिषय-प्रसंगको कुरा गरेपछि मेरो पनि सास आयो। "खै त तारा?" मैले अर्कै कुरा गरेँ, ताकि कुरा हिँजो तारासँगको गफबाट टाढै राख्न पाईयोस्। "तारा त अघिनै जानु भो, आजदेखि रामपुरमै बस्ने रे, फूपुकोमा। हाम्रो सातौँ घन्टी पढाई नै भएन आज।" "अनि तिमी यहाँ के गरेर बसेकी त?" नरम् स्बरमा मैले कारण बुझ्न चाहेँ। "तपाईँलाई कुरेर....। बुबाले आज तपाईँलाई हाम्रो घर लेर आउनु भन्नु भा छ, मलाई। आज तपाईँ हाम्रै घरमा बस्नु रे!" उनले सासै नफेरी सबै कुरा सकिन्। मलाई डर लाग्न थाल्यो। "किन हो त मलाई बोलाको? घनश्याम सरले गाली पो गर्नु हुने हो कि? के काम परेछ त मलाई बोलाउने?" मनमनै संभाबित कारणहरु खोट्टाउन थालेँ। "किन?" मञ्जुबाट केही सुईँको पाउने आसमा सोधेँ। "मलाई के था त? बुबालाई सोध्नुस् न भरे घरमा" उनले केहि पनि थाहा नपाको जस्तो अभिनय गरिन्। अब सरले बोलापछि नजाउँ भने पनि किन नजानु? जाउँ भने पनि घरमा आमालाई केहि पनि नभनि आको छु। मैले कुरा टार्ने बिचारले भनेँ "भोली जाँदा हुदैन?"। "हुन्न के! आजै जसरी भापनि लेर आउनु भन्नु भा छ। ओम दाई, आजै हिड्नु न आजै के, नाईँ ओम दाई, आजै हिड्नुस् न" उनको लाडेपन फेरी प्रकट भो। जिद्दी नै गरेपछि त के गर्नु, फेरी केटी मान्छेले? म पनि लुरुलुरू मञ्जुको पछि लागेर उनकै घर गएँ। साझाल्यान्ड, २२ बैशाख, २०६२
Read Full Discussion Thread for this article