Posted by: Ok May 7, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
पाँडेजी, म नेपाली युनिकोड सिस्टमको ज्ञाता नभए पनि मैले जाने सम्म हजुरका जिज्ञासाको उत्तर खोज्ने कोशिष गर्दैछु। १. नेपाली युनिकोडले तपाईँको MsWord लाई केहि पनि असर गर्दैन। Download गर्नुस्, अनि Install गर्नुस् र रमाऊनुस्। २. यदि हजूरका हातका औँलाहरु English Keyboard मा मज्जाले घुलमिल भैसकेका छन् भने Nepali Unicode Romanized सजीलो हुन्छ। Nepali Unicode Traditional पनि तेती गाह्रो छैन, तर Keyboard Layout सम्झनु पर्छ। मैले जस्तो दुबै चाहिँ नसिक्नुस्, धेरै Confusion हुँदोरहेछ। ३. नेपालीमा नभएका Symbols टाईप गर्न चाहिँ English Keyboard मै फर्कनु पर्छ। कसरी फर्कने भन्ने कुरा चाहिँ तपाईँले Control Panel को Keyboard Layout मा गएर हेर्दा हुन्छ। Window XP को हकमा भने Desktop को Quick Bar मा समय देखाउने ठाँउको छेउमा पनि Change गर्न मिल्छ। ३. यदि तपाईँको OS र Office दुबै XP हुन् भने MsWord मा पनि मज्जाले टाईप गर्न सक्नुहुनेछ। ४. तर Window 2000 र Office 2000 को हकमा भने नेपाली युनिकोड तेति Compatible छैन। तर WordPad (.rtf) मा र Outlook Express मा चाहिँ मज्जाले काम दिन्छ। ५. मेरो सल्लाह मान्नु हुन्छ भने पहिले .rtf मा टाईप गर्नुस् अनि Copy गरेर MsWord मा Paste गर्नुस्। ७. Online टाईप गर्न (जस्तैः यो साझामा) चाहिँ जुनसुकै OS र जुनसुकै Office ले पनि कुनै फरक पार्दैन। नोटः युनिकोड Window 2000 अगाडिका Versions मा चल्दैन। कोशिष नगर्दा पनि हुन्छ। ---- ओके
Read Full Discussion Thread for this article