Posted by: Nepe May 7, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
२. गगन थापाले जे जे गरे सबै ठीकै गरे भनेर नेपेले भन्यो भनेर फटाहा लगाउनु भो यार तपाईले मलाई, अंग्रेजीमा भन्छन् नि to put words in someone's mouth भनेर । मेरा माथिका यी शब्दहरुले के भन्छन् ? Gagan Thapa comes with a baggage of institutional corruption in Student Unions and their causeless partisan politicizing of educational institutions, on his shoulder. (Until 2046, political activities of students made sense because that was a major part of fighting Monarchical dictatorship. However from 2046 onwards until when it became clear that fighting monarchy has not finished yet and political parties are not doing it, the political activities particularly the partisan one in the colleges was unwanted.) So there is indeed a test of redemption for Gagan Thapa before I worship him. "गगन थापाका काँधमा विद्यार्थी संगठनका संस्थागत भ्रष्टाचार र शिक्षणसँस्थाको सद्-उद्धेश्यविहिन दलगत राजनीतिकरणका दोष छन्; यी कुराबाट उनी कसरी उऋण हुन्छन्, हेर्न बाँकी छ ।" नेपेका यी शब्दहरुलाई देख्या नदेख्यै नगरम, दादागिरी जी । गगन थापाप्रति मेरो बढ्दो आस्था उनमा देखा परेको चेतनामा आधारित छ । हालै कान्तिपुरमा प्रकाशित उनको लेखमा म त्यो चेतनाको स्पष्ट हुँदो आकार देख्छु । उनले आफुलाई निखार्न, विचारलाई खार्न, दृढतालाई तिखार्न चै अझै बाँकी छ भन्ने मेरो ठम्याई छ । ३. २०३६ देखि २०४६ सम्मका केही कालखण्डमा हरेक प्रकारका "उछृङ्खलता", "तोडफोड" र "अराजकता" मा सामेल भएको एक विद्यार्थी हुँ म । त्यसैले यस विषयमा अलि लामै सम्वादको लागि तयार र योग्य छु म । कोही ? सारांशमा, रोग निर्मूल पारौं, रोगका केवल केही लक्षणहरुको उपचारमा सिमित नहोऔं । निर्मूल रोगलाई पार्ने हो, रोगीलाई होईन । सानो चोरलाई सजाय गर्ने जिम्मा ठूलो चोरलाई नदिम, बरु दुवै चोरलाई सजाय गर्ने पद्धतिको निर्माण गरौं । त्यस्तो पद्धतिको निर्माण गर्ने काममा सघाउन चोरै आउछन् भने पनि स्वागत गरौं, तर तिनका क्रियाकलापलाई बडो सतर्कताकासाथ नियाली राखौं, हामी गैर-चोरहरुले । होईन यो भन्दा बेहतर तरिका छ भने, सुझाउँ । कुरा त्यत्ती हो ।
Read Full Discussion Thread for this article