Posted by: Nepe May 7, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
दादागिरीजी, तपाई मकरतन्त्रवादी, म गणतन्त्रवादी । हाम्रो कुरा ज्यान गएपनि मिल्नेवाला छैन । र पनि तपाईले मेरा कुरालाई केही बुझ-पचाई र केही चाहिं तोडमरोड समेत गरेर र आगे भ्रष्टाचारको बारेमा - नरिसाउनुस् है - पुङमाङे कुरा गर्नुभा' हुँदा दुई-तिनेक बात गरुँ भनेर हाजिर भा' छु । १. सर्वपर्थम, मैले तपाईका भ्रष्टाचार सम्बन्धी मान्यतालाई 'पुङमाङे' त भनें तर फेरि ज्या मैले साझाका एक लोकप्रिय मनोरन्जकको चित्तमा कतै ठेस पो लगाईदिएँ कि भन्ने पनि लागो र अब पहिले त्यसैको स्पष्टिकरण दिम भनेर यसलाई १ लम्बरमा राखें । कुरो के भने नि, भ्रष्टाचार नहुने ठाम र डर नमान्नु पर्ने खण्डमा र मौका मिलेमा नगर्ने मान्छे कतै र कोही पनि छैन । ठाममा प-या भे यहि नेपे एक लम्बरीको र दादागिरी चाही दोस्रा लम्बरीका भस्टाचारी हुन्थे । शंखै छैन । अलिअलि डर मान्नुपर्ने हुँदाहुँदै पनि (त्यो लिखुरे अ.दु.नि.आ. र रा.स.जा.आ. को कुरो ग-या नि) ईश्वरको कौसीबाट करोडम निक्लन्छन् (ईश्वर पोखरेल सम्बन्धी समाचार साँचो-झुठो जे भए पनि, समाचारका जस्ता मान्छे छन् थुप्रै) भने ईन्द्रको बाउ चन्द्रै आए पनि छुन नसक्ने ज्ञानेन्द्र र मौसुफ अघि-पछि दायाँ-बायाँका अनेकन ईन्द्रका बुईगलका ट्याङ्का र फिरङ्गी ब्याङ्का बाट केकति निक्लला अड्कल लगाम् त, आत्मालाई नछली । त्यस उँधो, भस्टाचारीजन नेपाल अधिराज्यमा मात्रै होईन हरेक राज्य, गणराज्य, महाराज्य र साम्राज्यमा जन्मिन्छन । फरक कति भने गतिला मुलुकाँ "साधुलाई चौतारो चोरलाई सुली" दिने गतिला पुरस्कार-सजाय-पद्धति छन्, हाम्रामा नाई । हाम्रामा त "चोरलाई चौतारो साधुलाई सुली, भाटलाई गोर्खा-दक्षिणवाहु र योग्यलाई यी:यत्रो-खा-दक्षिणवाहु" दिने पद्धति चलि आ छ, पन्चैतिकाल देखिन यथावत्, अनवरत । हाम्रा पर्जातन्त्रे भ्रष्टेश्वरहरु पन्चैति द्रव्यराक्षसहरुका अवैध सन्तान हुन्, पुरस्कार-सजाय-पद्धतिका नाताले । भ्रष्टाचारको ओखतिमूलो भनेको पर्जातन्त्रे भ्रष्टेश्वरहरुलाई मात्रै होईन अपर्जातन्त्रे भ्रष्टेन्द्रहरुलाई समेत साधिकार टुप्पी समातेर ल्याम्न सक्ने अंग र कुनै छिद्र नभएको पुरस्कार-सजाय-पद्धतिका स्थापनाबाट शुरु हुन्छ । तपाई मकरतन्त्रवादीहरु त्यसको पक्षमा लागनु त परै जाओस् झन् उल्टै त्यस पद्धतिका पक्षधरलाई खिसिट्यौरी गर्नुहुन्छ (तपाईले मकरक्रान्तिको समर्थन गर्नुहुदै 'ठोक ज्ञाने ईनलाई' भनेर जुन बुद्धिजिवीहरुको लिष्टो टाँस्नुभा' थ्यो- माथी Indi लाई मैले लेखेको जवाफमा तेस्को link छ- तिनै मान्छेहरुले भस्टाचारको ओखतिविधी खोजेका छन्, हेरम www.liberaldemocracynepal.org । मकरतन्त्रवादीहरुको मूल सिद्धान्त त अझ गज्जपको छ, साना चोरलाई सुली चढाम्न ठूलो चोरलाई न्यायधिश बनाउने । माफ गर्नुहोला दादागिरीजी, यो त पुङमाङे कुरो भो है ।
Read Full Discussion Thread for this article