Posted by: Dada_Giri May 7, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
गगन थापाले प्रजातन्त्र, जनवाद र मानव अधिकारको पक्षमा लड्दै होलान्। राम्रै छ। तर अब, मानौँ, गगन थापा "विद्यार्थी नेता" हुन् रे। मेरो बिचारमा ह्वाँलाई तलका प्रश्नको उत्तर थाऽ छैन होला। १, नेपालमा गत शैक्षिक सत्रमा कति विद्यार्थी स्नातक उत्तिर्ण भए होलान्, कति स्नातकोत्तर उत्तिर्ण भए होलान्। कति ले रोजगारी पाए होलान् कतिले पाएनन्। यसको जवाफ ह्वाँलाई थाऽ छैन। २, नेपालमा गत शैक्षिक सत्रमा कति स्कुल चले कति स्कुल बन्द भे? यसमा ह्वाँलाई टाउको दुखाइ छैन। बरु आगोमा घ्यु थप्ने काम गर्नु भो होला। ह्वाँलाई यत्ति थाऽ छ। नाराबाजी जुलुस कति गरियो, तोडभोड कति भो, कुन कुन दिन गरियो। कति पुत्ला जलाइयो।अब कति जलाउनी हो र *कसरी प्रचारमा आउने हो?* संसद पुनर्स्थापना गराएसी अब कुनै दिन मन्त्री पड्काउने अनि ईश्वर पोखरेलको जस्तै घरको त्यो पानी ट्याकींमा ३ करोड कसरी जम्मा गर्नी। नेताहरुले देख्ने सपना यिनै हुन्। किन पढ्नु पर्यो बेकारमा घरको पानी ट्याकींमा ३ करोड उम्रिने भएसी। नाराबाजी गर्दै हिँडे भइहाल्यो नि। अरुको पढाइसित के मतलब? नयाँ प्रयोग कर्ता भाइले भन्नु भो, "तिमी आँफुले केही गर्दैनौ भने अरुमा औँला नठडडाऊ!" त्यसो भे गिरिजाले जे गरे नि हेरेर बस्नु पर्यो किनकि म प्र म हैन। न्यायधिशले घुस खाँदा पनि हेरर बस्नु पर्यो किनकि म न्यायधीश हैन। राजाले जे गरे नि हेरेर बस्नु पर्यो किनकि म राजा हैन। राजा हुने प्रयास गरिन। नेपे सरले भन्नु भो, गगन थापाले "जे गरे ठीक गर्देछन् अहिलेलाई सहयोग गरम्।" भोलि बिहान गगन थापाको पानी ट्याकींमा ३ करोड फल्ला रे बाँड्न मन्जुर छन् कि छैनन्? गाँठी कुरो त्यत्ती हो।
Read Full Discussion Thread for this article