Posted by: Dada_Giri May 6, 2005
SANJUKO YAAD AAYO II - Dada-Giri
Login in to Rate this Post:     0       ?        
सञ्जु काव्य अध्याय २४ अब सुत्नी भनेर सुत्न थालेम् त्यै प्रभाको कोठाँ। एकछिन यसो गफगाफ पनि भो। अनि हामी गाऊँ खाने कथा खेल्न थालियो, है। आज किन हो कुन्नि सञ्जु त मेरै नजिक छ। "हार्नेले के गर्नी? "मैले नियम थप्ने जमर्को गरेँ। "ल तिमेरु केटी पाटीले जितेऊ भने आत्मे र प्रभा पल्लो खाटमा हामी वल्लो खाटमा सुत्नी, हैन, तिमेरुले हारेऊ भने हामेरु पल्लो खाटमा तिमेरु वल्लो खाटमा सुत्नी।" म चतुरो हुँदै उपाय निकालेँ जुन बाटो गएनी रुम्जाटार निस्किने गरी। तिनेरुले मैले भन्या कुरा बुझे कि बुझेनन् कुन्नि तर "हुन्छ त नि।" भनेर भने। *** *** *** "जान्छु जान्छु भन्छ पानिसित डराउँछ, क्या हो? ल"। सञ्जु मेरो नजिकै टाँसिदै सोधी र मेरो काखमा सिराना गरी. म पनि पानिसित डराउँने त कुरै भेऽ न नि। गाऊँ खाने कथा चल्दै थियो, आत्माराम र प्रभाले पल्लो खाटमा बसेर उत्तर खोज्दै थिए, यता भने विस्तारै मेरा हातहरु सल्लेरीको पाखामा पुगे र पाखोबाट डिलतिर सर्दै थिए, वसन्तका पालुवाहरु मेरै हातमा चपक्क मुठिदै थिए। त्यो वसन्तको आभासमा म मस्त थिएँ भने सञ्जुले खिसिक्क हाँसोको खित्का छोडी। "किन हाँसिस्?", प्रभाले सोधी। "यती सजिलो नि नजान्ने?" सञ्जुले आफ्नो हाँसोको भित्री अर्थ ढाकेर जवाफ दिई। उता आत्मारामका हातहरु पनि कुन्नि कता हो तुसारेको गहिरोमा पुगेर अडिएछन्। सायद अब भुते रह ताक्दै थिए होलान्। प्रभाले सोधी। "सानो सानो रुख चढ्नको दु:ख, के हो?" आत्मेको नजरमा म उत्तर खोज्ने जमर्कोमा हुँदो हुँ। उता आत्माराम भने सिस्नोको घारिमा हाम्फालेछ, क्यार वक्य नै छैन ती दुई जनाको त। *** *** *** नेपालको जलविद्युत एकदम भरिलो छ के यै बेलाँ लोडसेडिङ्ग भेऽर कोठा त अन्धाकर हुन पुग्यो। "मौकामा चौका हान्नु छोरा!" बाउ बाजेले यसै भनेका छन्। म नि के कम नि अब ... ... .... यता मेरा लोभी हातहरु ऐसेलुका दानामा पुगेर अडिए। एकछिन पछि मुस्तागें स्याउको स्वाद लिँदै त्यो चिसो, मीठो र मधुर ओठको चुम्बन लिँदै स्वर्गको आभास गर्न पो पुगेँछु, पत्तै भेऽन नि मलाई त गाऊँ खाने कथाको सुर त। हैन यस्तो रमाइलो दिन पनि हुन्छ र भुन्या? मलाई त बाँच्ने रहर पो बढ्न थाल्यो त, आजदेखि।
Read Full Discussion Thread for this article