Posted by: mampaka May 5, 2005
kathit aandolan
Login in to Rate this Post:     0       ?        
Hey, guys, dont u a guys agree with this letter? its from kantipur. देश दौडाहाको औचित्य वैशाख २१ देखि गिरिजाबाबु आन्दोलनबारे सुझाव संकलन गर्न देश दौडाहामा जाने कार्यक्रम तय गरेको सुनिएको छ । तर किन ? देशमा प्रजातन्त्रको अपहरण भइरहँदा त्यसबारे ठोस निर्णय निकाल्न नसक्ने, बारम्बार आफ्नै अभिव्यक्ति फेरिरहने, प्रजातान्त्रिक कांग्रेसलाई आन्दोलनमा सहभागी नगराई संकीर्ण राजनीतिक संस्कार प्रदर्शन गर्ने, आसेपासेलाई सम्पूर्ण पार्टी ठान्ने, भ्रष्टाचारको विषयमा आवाज उठाउनेलाई पार्टीबाट निष्काशन गर्ने, आफूबाहेक पार्टी सभापति अरू हुन सक्दैनन् भन्ने सिद्धान्तका प्रणेता तपाईंलाई हामी गाउँले पीडित जनताको राय सुझावको के आवश्यकता पर्?यो ? गिरिजाबाबु तपाईं यहाँ नआउनुहोस्, हामी जनता जेनतेन बाँचिरहेका छौं । हिजो-अस्ति हामी धेरै छिमेकी हाम्रौ आँखा अगाडि वीभत्स मरेका हेरिरह्यौं । हाम्रा केटाकेटी कति त बम खेलाउँदा मरिसके । हामी धेरै टुहुरा र विधवा छौं । हामी त जनता हौं र जेनतेन देश सम्झी बाँचिरहेका छौं, मरेर पनि । भोलि तपाईं आउन्जेल बाँच्न पाइने छ कि छैन, थाहा छैन । अब तपाईं यहाँ आएर के नै गर्न सक्नुहुन्छ र केवल भाषणबाहेक ? गिरिजाबाबु आन्दोलन गर्नुहोस्, पार्टी एकीकरण गर्नुहोस्, सबै पार्टी एकजुट हुनुहोस् । तपाईं हुनुको केही अर्थ छ भने देखाउनुहोस् । हामी जनता प्रजातान्त्रिक पद्धतिकै पक्षमा छौं । हामी गाउँमा भएर के भो त ? हाम्रो विचार अझै प्रजातान्त्रिक प्रणालीप्रति प्रद्धिबद्ध छ । शरीर टाढा भएर के भो र विचरा सधैं प्रजातन्त्रप्रति छ । तर गिरिजाबाबु आन्दोलन गर्दा आफ्नो विगतप्रति जनतासँग माफी मागेरमात्र सुरु गर्नुहोस् । हाम्रो राय सुझाव पत्रबाटै । - भेषराज घिमिरे ढिकुरा गाविस, अर्घाखाँची
Read Full Discussion Thread for this article