Posted by: pundit May 4, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
भाग ७ मैले सरुलाइ सम्पर्क गर्न धेरै कोशिस गरे । आशिष र अर्चनाले पनि धेरै मद्दत गरे । सरुको घर, फरेस्ट्री क्याम्पस, मलाई थाहा भएसम्म चारैतिर सोध-खोज गरें । हाम्रो दुर्घटनापछि म त क्याम्पस जाने कुरै भएन, आँखा मेरो अझै धमिलो थियो । पट्टि त थिएन तर धेरै टाढाको चिज देख्न सक्दैनथें । सरुले पनि क्याम्पस शुरू गरेकि रहेनछे, क्याम्पसबाट मलाई तेतिमात्र थाहा भयो । कहाँ छे उनि अँह केहि थाहा लागेन । म सम्झि-सम्झि रुन्थे , बिर्सिन कोशिस गर्थें , सरुको तरङ्ग आइरहन्थ्यो म कल्पि कल्पि रुन्थे । हरेक साँझ म विचलित हुन्थे, मलाई असह्य हुन्थ्यो । मलाई साँझको बेला मनपर्न छोड्यो ति पुराना दिनहरुको सम्झनाले मलाई विचलित बनाऊथ्यो । उनिले कोरेका ति जिन्दगीकापाना हरु पल्टाउँथे हरेक साँझले । समयबित्दै गयो । अब त एक वर्ष हुनै लागेको थियो मेरो जिवनको मोड बदलिएको पनि । मेरो आँखा अझै राम्ररी ठिक भैसकेका थिएनन् । डाक्टरले पनि अब त यसै हो भन्न सकेन । धमिलो दृष्टिको आँखालाई चश्माले पनि केहि मद्दत भएन । मेरो जिवनको आस, भविष्य, लक्ष के हो मलाई केहि थाहा थिएन । के गर्ने हो भोलि, मेरो जिवन निरस भएको थियो । मनलाइ सम्हाल्न म ध्यान गर्ने गर्दथें । ईश्वरभक्तिमा लागेको थिँए, भजन किर्तन अनि पूजा-पाठबाट मनलाई धेरै शान्ति मिल्थ्यो । संजोग भनुँकि विजोग त्यो सालमा वुबाको नाममा डि भि चिठ्ठा पर्?यो । के गर्ने, जाने कि नजाने जसोतसो आफ्नाहरुको माझ राजि-खुसि बसिरहेकै थियो । विरानो ठाँउ अन्जान मान्छेहरु अनि अशक्त छोरोलाई पछिलाएर कहाँ भौतारिन जानु जस्तो लाग्याथ्यो होला वुबालाई पनि । दाई त त्यहिबस्नु हुने भयो घरको रखवालि गरेर उहाँको उमेरले पनि डि भि को चिठ्ठा नलाग्ने भो । तर मेरो स्वास्थ्यमा केहि सुधार ल्याउन सकिन्छ कि भनेर हामि भएका झिटिगुम्टा बोकि हानियौ अम्रिकातिर ।
Read Full Discussion Thread for this article