Posted by: Ok May 3, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
२०४३ साल माघ २ गते शुक्रबार "आधा दिनका लागि तेत्रो बाटो हिडेर के स्कुल जानु? फेरी पहिलो दिन तेति धेरै पढाई नै हुन्न" भनेर तारा र मैले आईतबार मात्र रामपुर जाने सल्लाह ग-यौं। तारालाई भर्ना गर्ने र किताब किन्ने पैसा चाहिँ दिएछन् बुढाबुढीले। छोराले कलकत्ताबाट दशैँ खर्च भनेर पठाको पैसा जोगाएर राखेका रहेछन्। आईतबार बिहानै तारा र म रामपुर तिर लागेउँ। दाजुबहिनी गफ गर्दै जाँदा बाटो काटेको पनि पत्तै भएन। खोला पनि घटेर तर्न सक्ने थिए। मैले तारालाई सबैकुरा सुनाएँ, रामपुर यस्तो, रामपुर उस्तो भनेर। "तारा तँ त छिट्टै बोल्छेस्, मनमा केहि अड्याउनस्, तर अलिक होस् पुर्यार बोल् है। रामपुरका मानिस त हामीजस्ता छैनन् के" भनेर धेरै सल्लाह दिएँ। आईतबार पहिलो पिरेड घनश्याम सरको थियो। स्कुलको काम बिशेषले जिल्ला शिक्षा कार्यालय जानु भएछ। मेरो पढाई भएन। तारा र म दुबै भर ताराको भर्ना गरेउँ। १८ रुपियाँ हालेर तारालाई सेकेन्डहान्ड किताब पनि किनिउँ, एक जना बिद्यार्थिसंग। मेरो चाहिँ किताबको अत्तोपत्तो थिएन। स्कुलमा दोस्रो घण्टी पनि लागो। "ल जा तारा अब कक्षामा गएर पढ्, म पनि दोस्रो घण्टी पढ्न जान्छु" भनेर क्लासमा गएँ। तारा पनि आफ्नै क्लासमा गई। हामीले "स्कुलको गेटको चौतारामा जस्को पढाई सकिए पनि कुरेर बस्ने, अनि सँगै घर फर्कने" भन्ने योजना बनाएका थियौं। त्यस दिन, मेरो सातौँ घण्टी पढाइ भएन। ताराको चाहिँ नैतिक शिक्षाको क्लास थियो। म पहिले नै चौतारामा आएर तारालाई कुरी बसेँ, यसो किताब पनि पढ्दै थिएँ। ४ बज्नु अगाडि नै ६ कक्षाका सबै केटाकेटी गेटबाट हुलका हुल निस्के। केटाहरु पहिले निस्के, केटीहरू पछि। जम्मा ६ जना जति रहेछन् केटीहरु। मञ्जु पनि रहिछिन् सँगै, अर्कै केटीसँग के के गाफ गर्दै। तारा चाहिँ अघिअघि आई र भनि "दाई, हिड जाउँ अव"। म पनि झोलामा पढ्दै राखेको किताब राख्दै भने "ल हिड् अब छिटोछिटो, फेरी झमक्कै रात पर्छ, दिन पनि छोटा छन् आजभोली"। हामी हिड्न आँटेका बेलामा मञ्जुले हामीतिर हेर्दै भनिन् "ओम दाई, तारा तपाईँकी आफ्नै बहिनी हुन्?"। "आफ्नै भने पनि हुन्छ, उनका बुबा र मेरा बुबा दाजुभाई, तिन पुस्तेभित्रै हो" मैले मिलिक्क उनको अनुहार तिर हेरेर भनेँ। "माथि मेरो घर सम्म सँगै जाउ न, तपाईहरु पनि रामपुर शिरानको बाटो भर जाने हैन त खोलापारी" उनले सँगै जान खोजीन्। अरु केटीहरु "ल हामी गयौँ है" भन्दै बाटो लागे। हामी पनि ल जाउँ भनेर बाटो लागिउ। "हो रामपुर शिरानकै बाटो हो, तपाईँको घर पनि तेतै पर्छ?" मैले उनको घर सोधेँ। मेरो बोली सकिन पनि नपाईकन उनले भनिन् "ओमदाई, किन तपाईँले मलाईँ "तपाई" भनेको? म त तपाईँ भन्दा सानो क्लासकी, कान्छी मान्छे, "तँ" कि "तिमी" भन्नुस् न है"। उनको बोलिमा लाडेपन थियो। मैले पनि उनको कुरा सहस्र स्विकारेँ "हुन्छ नि त, म अब देखि तिमी नै भन्छु, ल!"। मेरो कुरा कुरा सुनेर उनी मुसुक्क हाँसिन्। त्यसदिन हाम्रा धेरै गफगाफ भएनन्। पढाईकै कुरा गरे अलिअलि तारा र मञ्जुले। ५/७ मिनेट जति हिडेपछि होला, मञ्जुले एउटा राम्रो ३ तले (बुईकल भको) घर, तेसको अगाडिको मतान् देखाउँदै भनिन् "दाई, हाम्रो घर यहि हो। उ त्यो चाहिँ मतान्। मतान् को माथ्लो तलामा स्कुले केटाहरु बस्छन्। तल्लो तलामा चाहिँ भैँसी बाध्ने गरेको छ।" मतान् पनि ठूलो थियो, ढुंगाले नै छाएको। मैले केहि बोल्नै नपाई उनले थपिन् "अनि दाई, तपाईँहरु चाहिँ किन नबस्नु भाको? घर टाढा छ भनेको हैन, अस्तिनै"। "घर जानु पर्छ, घरमा काम छ" मैले हतार हतार कुरा टुङगाउने बिचार गरेँ र भने "मञ्जु, हामी जान्छौँ है" । तारा र म छिटोछिटो घरतिर पाईला लम्कायौँ। साझाल्यान्ड, २० बैशाख, २०६२
Read Full Discussion Thread for this article