Posted by: surendras May 3, 2005
Photo Kabita
Login in to Rate this Post:     0       ?        
hancyguy wrote-hoi sathi haru kata ho? kabita haru sarai ramra thya. Hope you guys are posting soon. yatai ho, yo euta hai! shabhar gardai chhu. भरिया, ज्यामी, इत्यादि डोकोमा गाउँ बोकेर उकालो लागेको धनमान ठाँटी पाटीमा कतै एक बर्को शान्ति ओढेर निर्धक्क थकाइ निदाउँछु भन्छ भरियाले चाहेको त्यत्ति हो । डल्ला फर्काइफर्काइ घाममा अधियाँ जोतिरहेको हर्षबहादुर सुस्केरा रोपेर टारिमा जीविका फलाउँछु भन्छ ढिँडो खाने बेलामा अलिकति शान्तिको सितन चाहियो हलीको इच्छा त्यत्ति हो । खसीको आँखामा खुसी हुर्काएर दशैँ पर्खिरहेका केटाकेटी पारि पाखातिर चितुवा कराएपछि हारगुहार मागिरहेछन् गोठालाको अनुनय त्यत्ति हो । औँलो रोपेर असारमा सहकाल कोरलिरहेका रोपाहारहरू भन्छन्- असिना आएन भने पसिना फल्छ सुरक्षाको छाता चाहियो खेतालाको विनय त्यत्ति हो । दिनभरि ढुङ्गा फुटाएर गिट्टीमा जीवन खोजिरहेकी द्वन्द्वपीडित विधवालाई टुहुरा छोप्न रातभरि एक मजेत्रो शान्ति देऊ ज्यामीले मागेको त्यत्ति हो । - क्षेत्रप्रताप अधिकारी (काठमाण्डौँ, नेपाल)
Read Full Discussion Thread for this article