Posted by: Nepe May 2, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
झिल्काजी, त्यती प्रष्टता र ईमान्दारीताका साथ राख्नु भा' कुराको आशय पनि नबुझ्ने कुरा आम्छ र ? कतिलाई तितो लाग्ला तर तपाईले भन्नु भएको के कुरा सत्य हो भने कतिपय यस्ता मान्छेहरु (नेताहरु र तिनका आश्रितहरु) मच्ची मच्ची त्यस्तो प्रजातन्त्र खोजिरहेका छन् जो आफुलाई सत्ताभोग गर्न दिने सम्मको खुकुलो होस् तर आफ्नो अक्षमता र भ्रष्टतालाई पक्डन सक्ने खाले दह्रो चाहि नहोस्, अर्थात् त्यस्तो प्रजातन्त्र जसलाई यथावत 'मागी खाने भाडो' बनाउन पाईयोस् । गिरिजा, देउबा, माधवादि का नरम नरम माँग र नम्रतालाई सुँघेर हेर्नोस ह्वास्स त्यही कुटिल सपनाको दुर्गन्ध आउँछ । तर यिनिहरुको दुर्भाग्य र उपेक्षित, ताडित जनताको सौभाग्य भनौं- यिनकै पार्टीमा बिस्तारै यी लघुनायकहरु प्रजातन्त्रका पर्याय होईनन्, पार्टी पनि यी रजौटाहरुका राज्य होईनन् भन्ने चेतना दिन दुई गुना रात चौगुना बढ्दो छ । पार्टी कार्यकर्ताहरुबाट आन्तरिक लोकतन्त्रको बढ्दो माँग, राजतन्त्रलाई पिठ्युँमा बोकेर हिड्नै पर्छ भन्ने यिनको चाबुकमारलाई पार्टी कार्यकर्ताहरुले कन्दनि खोलेर गरिदिएका सुस्वागतम आदि यसका सबुत हुन् । जे होस्, मुलुकबाट सामन्तवाद र पार्टीहरुबाट रजौटावाद सदाको लागि बिदाई गर्ने जनआन्दोलन-२ को आधार बन्दै, विकास हुँदै गईरहेको छ । यसबेला झिनामसिना कुरामा अल्मलिने होईन, बरु जनआन्दोलन-२ लाई नैतिक, भौतिक सहयोग, समर्थन र ऐक्यवद्धता जनाएर यो मरिजाने चोलालाई सार्थक बनाउने हो । तपाईको शुभकामनालाई साधुवाद ! ************* ओकेज्यू, खेलाडी झेली हुँदैमा खेलै खराब हुँदैन, यो सदविचारले हामी सबैलाई स्पर्श गरोस् । तपाईको सदभाव र ऐक्यवद्धता हृदयमा बोकेर डीसीमा उभिनेछौं हामीहरु ।
Read Full Discussion Thread for this article