Posted by: Nepe May 2, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
झिल्काजी तपाईको सावधानीको आह्वान सोह्रै आना जायज हो । त्यही सावधानी दरबार र दरबारियाहरुको हकमा पनि अपनाउनु पर्छ (Newuser ji ले आग्रह गर्नुभए झै), कुरा त्यत्ती हो । Two wrongs does not make right भन्छन् नि । गाँठी कुरा, एउटा वृहद परिवर्तनको, भनम न क्रान्तिको, खाँचो छ । गिरिजादिलाई कुर्सिमा पु-याएर बाँकी कुरा ऐजन ऐजन रहने परिवर्तनलाई चै मेरो पनि समर्थन छैन । तपाईले महसुस गर्नु भएकै होला पार्टीहरुमा आन्तरिक लोकतन्त्र समेतको लागि गणतन्त्रको लागि मुलुकमा जनमत बन्दैछ । हामी ठूलो परिवर्तनको सँघारमा छौं । यसबेला राजाको खुट्टा अंगालो मारेर बस्नुको कुनै तुक छैन, न त गिरिजादिलाई ढुकुटी सुम्पेर सन्चोसंग बस्ने अपूर्ण परिवर्तनको योजनामा सिमित हुनुको ।
Read Full Discussion Thread for this article