Posted by: Nepe May 1, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
ओम, साझामा झण्डै यसको जन्मकाल देखि नै लगभग अनवरत चरिरहेको छु म । तपाईको कथा पढ्नु एउटा तुलना नहुने बेग्लै अनुभव मेरो लागि । मैले राम्ररी खुट्ट्याउन सकिरहेको छैन यो के हो - स्मृति, सम्वेदना, सम्वेदनशिलता वा परिचय ? - तर तपाईको कथाले मेरो मनको कुनै तहमा धुमिल धुमिल, विस्मृत विस्मृत, सुषुप्त सुषुप्त भईसकेको कुनै अज्ञात कुरोलाई जगाईदिएको छ । जीवन फेरि अधिक सार्थक, अधिक उद्देश्यपूर्ण, अधिक किर्तनयोग्य पाउँदैछु । तपाईको कथानायकले हाम्रा सामान्य आँखाले देख्ने "गरिबी" बिच जुन सम्वृध्द जीवन भोग्यो, त्यो कुनै वैभव र विलासिताले किन्न, भोग्न पाउँदैन । कथानायकका सम्वृध्द र गहन अनुभव, घनिभूत सम्वेदनशिलता, उज्यालो आत्मविश्वास र विनयशिल गौरवलाई मेरो मेरो आदरपूर्ण सलाम ।
Read Full Discussion Thread for this article