Posted by: Ok May 1, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
२०४३ साल पौष १४ गते सोमबार। हाम्रो स्कुलको रिजल्ट हुने दिन। बिद्यार्थीहरुको बाली पाक्ने। कमाई लगाउँदा कस्ले कति पसिना चुहाएछ भनि निर्क्योल हुने दिन । "डेढ महिना स्कुल छुटिरैछ । खै के हुने हो रिजल्ट पनि?" मनमनै सोचिरहेँ बाटै भरि स्कुल नपुगुन्जेल सम्म। हिजो नै लगाउने कपडा राम्रोसंग खरानी पानीमा उमाल्दै धोई सफा पारेको थिँए। चिसो तुसारो र हिउँले खाएर पट्पट् फुटेका मेरा पैतलाहरु ढुङ्गाले घोटी घोटी सफा पारेँ। तर के गर्नु, धुलो र छारोले फेरी उस्तै हुन्छन् एकछिन पछि। जुत्ताचप्पल भनेको त मेरो कल्पना भन्दा पनि बाहिरको कुरा थियो। मलाई अहिले सम्म याद छ, म ९ कक्षामा पढ्दा मञ्जुले धनश्याम सर संग बिहिबारे हाटमा झगडा गरेर किन्न लगाको हातिछाप चप्पल पहिलो पटक लगाउन नजान्दा मञ्जु कस्तरी छक्क परेकी थिईन्? "दाई १।२ दिन हो, त्यसपछि त कस्तो सजिलो लाग्छ, ल हेर्नुस् त म कति सजीलै हिड्छु" भनेर प्याट् प्याट् चप्पल पड्काउदै हिडेर मलाई सिकाएकी थिइन्, चप्पल लगाउने तरिका। केहि समयको औपचारिक कार्यक्रम पछि नै स्कुलमा रिजल्ट सुनाउने समय पनि आयो । रिजल्ट सुन्न सबै तल चौरमा बसे। अग्लो ठाउँमा मञ्च राखेर कक्षा १ देखि क्रमैसंग फष्ट, सेकेन्ड, थर्डको नाम बोलाउँदै हुनुहुन्थो, दयाराम सर। मैले त कसैलाई पनि तेति धेरै चिन्दिन थिँए, तर पनि जो जो पुरस्कार थाप्छन् तिनिहरूलाई हेर्दै गएँ । कुनै कक्षामा केटीले फष्ट गरे, कुनैमा केटाले। कक्षामा १,२,३ मा केटाहरुले फष्ट गरे, ४ र ५ मा चाहिँ केटीले। कक्षा ६ म फष्ट भएँछु, २ नंबरले मात्र। डम्मर कार्की सेकेन्ड। मञ्चबाट पुरुस्कार लिएर फेरी चौरमा के मात्र बसेको थिँए, कसैले पछाडिबाट मसिनो स्बरले भन्यो "ओम दाई बधाई छ"। यसो फर्केर हेरेँ । उनि त एकछिन् अघि मञ्चबाट पुरुस्कार थाप्ने बहिनी जस्तो लागो। "अनि बहिनी पनि फष्ट हैन त, ल तपाईँलाई पनि बधाई छ" भने। अपरिचित संग बोल्दा म सबैलाई तपाईँ नै भन्थेँ। "धन्यबाद दाई" उनि मुसुक्क हाँसिन्। म अगाडि फर्केँ। यसो एकछिन् पछि सम्झेको त मैले त "धन्यबाद" नै भन्न बिर्सेँछु। "अब भनौँ भने पनि के भनौँ" कस्तो पछुतो लागो "कस्तो होस् नपुर्याको मैले नि"। सबै कक्षाको रिजल्ट पनि सकियो। कोहि खुशि थिए, कोहि दुःखी। म पनि अर्को १ बर्ष पनि फिः मिनाहा हुने हुदा पढ्न पाउने कुराले खुशि नै भएँ। सबै जना उठेर घर जान लागे। हेडसरले मलाई बधाई दिदैँ भन्नु भो "अर्को बर्ष अझ राम्ररी पढ्नु"। "हस् सर, मैले सकेको मिहिनेत गर्छु" । मैले यति भन्दा भन्दै हेडसर अर्को सरसंग बोल्न थाल्नु भो। म घर हिड्न लागेको मात्र के थिएँ, पछाडिबाट घनश्याम सरले बोलाउनु भो "ए ओम ! एता आउ त एक छिन्"। म धनश्याम सरको नजीक गएँ । घनश्याम सर सँग त अगि मलाई बधाई दिने बहिनी पनि रहिछन्। "तिमी डेढ महिना स्कुल नआउदा त फष्ट हुन गारो हुन्छ जस्तो लागेको थियो, तर पनि राम्रै भो रिजल्ट, अब अर्को बर्ष देखी चाहिँ तेसरी स्कुल नछोड्नु है" सरले ति बहिनीको पछाडि हातले धाप मार्दै भन्नु भो "यिनी मेरी छोरी मञ्जु, ५ बाट ६ मा गईन् यस्पालि"। "अँ, थाहा पाँए अगि रिजल्ट सुनाउदा" मैले छिट्टै बोलेँ । "छोरी, उ ओम खनाल, शिबदुतीबाट आका, ६ बाट ७ मा गए यसपाली, राम्रो पढ्छन्।" मञ्जुले बुझे झैँ गरेर टाउको मात्र हल्लाइन्, केहि बोलिनन्। सायद उनलाई बुबाका अगाडि थाहा पाईसकेको कुरा भन्न पनि शंकोच लागो। "मञ्जु, तिमी पनि राम्रो पढ, केहि नबुझे उ ओम संग सोध्नु, सिकाईदेउ है बहिनीलाई"। "भैहाल्छ नि सर, मैले जानेको त सिकाई हाल्छु नि" म अलिक हतारमा थिँए, "सर, मलाई ढिलो भो घर पुग्न, फेरी रात पर्छ, जान्छु है"। मैले सरलाई नमास्कार गरेँ । रात पर्ला जस्तै भसकेको थियो । छिटो छिटो घरतिर लागेँ। साझाल्यान्ड, १८ बैशाख, २०६२
Read Full Discussion Thread for this article