Posted by: Dada_Giri May 1, 2005
Login in to Rate this Post:
0
?
सञ्जु काव्य
अध्याय २२
सञ्जु अर्चले भन्ज्याङ् पुग्दाखेरि मगर्नी भाउजुले खाना खाएको भाँडा मस्काउँदै थिइन्।
"छो ज्या लेऽ (खाना खाइसक्नु भो?) सञ्जुले सोधी।
"छो ज्या लेऽ" । (हजुर! खाइयो!) भाउजुले जवाफ दिन्छिन्।
अर्चलेबाट गौँथली भुर्रर उडेर धोबादीको डिलमा पुग्छ र फेरि पँखेटा फिँजाउँदै एकै सासमा रांङ्खोलातिर हाम्फाल्छे, मानौँ आज उसलाई कतै बाज फेला पर्दछ कि भन्ने डर छ।
*** *** ***
"सुई सुईई जाम्! जाम्!" सञ्जु राङ्खोला पुग्दा नपुग्दै खलाँसी कराउँछ। गाडि भिड त छैन तर किन हो कुन्नि खलाँसी र अर्को १ जना केटा भने ढोकानेरै झुण्डिएका हुन्छन्।
"ल ल चढ्नुस्, चढ्नुस् बुइनी, पछाडि सिट खालि छ।" सञ्जुलाई दुबै जनाले हेर्छन् र धकाल्दै चढाउँन खोज्छन्।
सञ्जु गेऽर सिटमा बस्न नपाउँदै एक जना आएर सञ्जुको सिट नजिकैको डण्डिमा अडेस लगाउँदै उभिन्छ र अर्को पनि छ्याइँ छ्याइँ पैसा बजाउँदै आइपुग्छ।
"बुइनी, काँ सम्मन् पुग्नी"?
"त्यहीँ पल्तिर सम्म हो।" सञ्जुले जवाफ दिन्छे।
""पल्तिर भन्नाले काँ सम्म हो त नि?" खलाँसी हो कि खलाँसीको साथि हो कुन्नि जिस्किन खोज्छ।
"ऊ त्याँ पल्तिर हो के। कन्सेसन हुन्छ होला नि, हामी विद्यार्थीको त।" सञ्जुले गन्तव्य बताउन छोडेर उल्टै भाडामा सौदा गर्न खोज्छे।
"आई. डी. काड देखाम्नुस् न त नि त्यसो भे कन्सेसन गर्दिम्ला।" बा फोटो हेर्न पाइनी आसले हो, बा अझै २,४ कुरा गर्न पाइनी आसले हो, खलाँसीले कुरा बढाउँछ।.तरपनि सञ्जु आई. डी. काड भन्नी बित्तिकै झसगं हुन्छे। क्याम्पस गेऽर क्याम्पसको नयाँ आई डी बनाऽर देखाम्दै हिँड्नी दिन कुर्दा कुर्दा कृषीको १ नम्मरले तोरिखा फुल देखाइदिसकेको थियो बरा सञ्जुलाई त, हाम्लाई जस्तै। सञ्जुको अनूहार मलिन हुन्छ।
बा केटी रिसाई भुनेर हो बा भाडा माग्नी निहुँले फेरि बोल्न पाइनी आश राखेर हो कुन्नि, यत्तिकैमा खलाँसी भने अरु अरुसित भाडा उठाउन थाल्छ।
साथि चाहिँले फेरि कुरा निकाल्छ।
"आई. डी. नदेखाम्नी त उसो भे?"
"हैन म विद्यार्थी जस्तो लाग्दै न कि क्या हो, हजुरलाई?"
"लाग्छ तेइ नि हेरम् कि भनेर।"
"फेदि खोलातिर पर्यो बुइनीको घर? देख्या जस्तो लाग्यो।" जम्मै उही त हो नि राम्री केटी देखेसी, बोल्न खोजी हाल्छन्।
"हैन, जान्नू भेऽन " रमाइलोसित कुरा अगाडि बढ्दै जान्छ।
*** *** ***
पऽर खोल्सानेरको घुम्तिको उकालोमा गाडि दोहोरा पर्छन। एकातिर घुम्ती अर्कोतिर उकालो त्यसैमाथि साँगुरो बाटो।
"ऐऽ! हर्कु, झर! झर! ढुगां हाल।" ड्राइबरले खलाँसीलाई पाङ्ग्रामा ढुगां हाल्न लगाउँछ।
"ठिक छ, इन्डि गुरु!" हर्कुले ढुगां हालेर जवाफ दिन्छ।
*** *** ***
प्रहरी चौकिमा सञ्जु गाडिबाट झरेसी अचानक सञ्जुकी घ्याँल्से(गुरुङ्सेनी सैनी हो) प्रभा भेट हुन्छे र आज आफ्नो घरमा जान कर गर्छे।
सञ्जु त झरी झरी भाडा लिन पनि बिर्सेछन् सोमहरुले त। सञ्जु आज प्रभाको मै बस्छे। किनभने बिरुवाको खोलामा हिजो सरुले पार्दिएको गालाको दाग, उतातिर त जसो तसो लुकाएकी थिई तर काकाले देख्नु हुन्छ कि भन्नी नि डर थियो नि फेरि उल्लाई।
to be contd.