Posted by: pundit April 30, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
भाग ५ म एकदम दुब्लो थिए , खाना रूचि नै थिएन , निल्नै सक्दिन थिँए निले पनि वान्ता भै हाल्ने। मेरो हालत झनै गएगुज्रिएको छ । मेरो आँखाको ज्योति अलि राम्रो भएको थियो तर धेरै टाढा को देख्दिन थिँए । मैले सबैकुरा थाहा पाँए । एक साँझ कोई नभएको बेला मलाई मेरो मील्ने साथि अर्चनाले सबै बेलिबिस्तार बताईन् । मेरो मनमा धेरै प्रश्नहरु थिए, मैले उस्लाई धेरै प्रश्न गरें, प्रतिप्रश्न गरें जस्को उत्तर ऊ सँग पनि थिएन । अर्चना मेरो बालसखा हो । अर्चना र मेरो घरपनि सँगै थियो, हामि साथ-साथै स्कुल जान्थ्यौं एकै-साथै टिफिन खान्थ्यौ र सँग-सँगै खेल्थ्यौं पनि । पछि अर्चनाको बुवाको सरुवा भएपछि अलिटाढा भएका थियौ, तर पछि फेरि भेट भयो । उस्को घर-परिवार अलि सम्पन्न भएकोले उस्ले आकांक्षालाई दबाउनु परेन, उस्ले धरानमा मेडिसिन पढ्न पाई आफ्नै खर्चमा । हाम्रो मित्रता अगाढ थियो र रहिरहने छ । खैर छोडौ यि कुरा । दुर्घटनाको १/२ घण्टा पश्चात हामिलाई त्यहिका गाँऊले दाजुभाईले अस्पताल पु्र्?याएछन् । मलाई घिसारेर ट्याक्सिबाट निकालेको हुनाले मेरो ढाड भरि घाउहरु थिए । अनि ड्राईभर-दाईको ट्याक्सिबाट फालहान्दा डँडाल्नु नराम्ररी भाँचिएछ र आन्तरिक रक्तश्राव भएर घटनास्थलमा नै निधन भएछ । " अनि..... अनि ..... सरु नि सरु ?" मैले सोधेंको थिए मलाई अझ पनि याद छ त्यो क्षण । " को सरु ?? तिमिलाई त तिम्रो बुवा र दाईहरुले पोखरा अस्पतालबाट एक्लै ल्याएको । त्यस दुर्घटनामा ड्राईभरको त त्यहि मृत्यु भइहाल्यो नि अरु को थियो र तिम्रो साथमा ? " म अचम्ममा परे खै त सरु ? कहाँ विलाइन् ? मैले केहि भेउ पाईन । यदि उनि ठिक भएकि भए त मलाई भेट्न आउनु पर्ने हो ! अनि यदि त्यस्तै अप्रिय घटना भएको भएपनि थाहा त पाउनु पर्ने हो । मलाई लाग्थ्यो मेरो मायामा केवल आरोह मात्र छ , अवरोह हैन । मेरो तिमि नै सहारा हो भन्थिन् उनि, सहयात्री बन्छु भन्ने वाचा उसको कहाँ गयो । यहि हो त माया, यहि हो ति वाचाहरु सरुका । यो कस्तो प्रीत जुन सुरु हुन पुर्व नै बिलायो । पलभरमै सकियो त जिवन, मेरो जिवन सरुको जिवन अनि हाम्रो जिवन। के ति सपना मात्र हुन् । । समय बित्दै गयो, म बिस्तारै निको हुँदै गए । तर पनि केहि पत्तो लागेन उस्को । मलाई अस्पतालबाट पनि डिस्चार्ज गर्यो । हप्तामा एक चोटि पट्टि फेर्न जानुपर्थ्यो । घरमा आमा दाईसबैको सहायताले म स्वस्थ्य हुँदै थिए । धेरै चोट उठाउनु भो मेरो आमाले सहारा दिने छोरालाई को नै सहारा हुनपरे पछि कस्तो विचल्ली भएको होला । म विवश भएर सोचिरहन्थे आँखाभरि आँसु लिएर ।
Read Full Discussion Thread for this article