Posted by: pundit April 29, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
दुई हप्तापछि मेरो आँखाको ज्योति कमजोर थियो , टाउकोमा लागेको चोटले गर्दा मेरो आँखाभरि रगत जमेकोले मेरो दृष्टि कमजोर थियो । हप्तादिनमा मेरो आँखाको पट्टि फेरिन्थ्यो । भाँचिएको देब्रे खुट्टामा स्टिल ब्लेड हालेर कसेको रैछ । शरिरमा यता-उता बेन्डेजहरु थिए । मेरो स्थिती साह्रै कमजोर थियो , केहि बेर कुरा गर्दैमा थाकेको हुन्थे , बैशाखी को सहायताले एता-उति गर्नसक्ने भएको थिए । मेरो जिज्ञासा अझै अनुत्तरित थिए । मेरो दुर्घटनाको बारेमा कोहि पनि कुरा गर्न चाहँदैनन् । जस्लाई सोधे पनि " छोड्दे पुराना कुराहरु त्यस्तो याद गर्नु हुन्न के " भन्छन् । ड्राईभर, सरु कसैको बारेमा पनि केहि थाहाभएन । म झन् झन् पिल्सिदैं गइसहेको थिँए । डाक्टरले दिमागमा चोट परेकोले मानसिक आघात पर्न सक्छ भनेर केहि नभन्नु भनेका रहेछन् । धेरै आग्रह पछि नजिकैको बेडको साथिले भन्यो । म झनै सोचमा परें , अझै के भएको होला र किन म सँग सबैले कुरा लुकाईरहेका छन् । कुनै ठुलै दुर्घटना त भएन , कतै मेरी सरु............ हैन हैन म यो के सोच्दै छु , हैन हैन अझै मैले सरुलाई उपहारदिनै बाँकि छ । सराङ्गकोटको का ति यादहरुले समेटिएका मेरो केमरा ............................. म झल्लाँस्स भए , खोई मेरो केमरा ?
Read Full Discussion Thread for this article