Posted by: Dada_Giri April 29, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
सञ्जु काव्य अध्याय २१ बेँसिको खोलाको चिऽसो पानिमा सञ्जुले हात चोपल्छे र रुमाल भिजाउँछे। खै कुन्नि किन हो भउते र निर्माणले नि पानिमा हात चोपल्छन् र एक अर्कालाई छ्याप्छन्। सञ्जुले चालै नपाइकन भउतेलाई थोरै पानिले छ्यापिदिन्छे र उसको जिस्किएर रौसिनी बानि झल्काउँछे। भउतेले यसलाई साह्रै सकारात्मक लक्षणले हेर्छ र मनमनै सपनामा पुग्छ। "भोलि वेँसितिर झर्नुस् न है।" निर्माण छुट्टिन्छ। *** *** *** सरुले छुट्टिने बेलाँ सञ्जुको झोला दिन्छ र कोमल हातको स्पर्श पाउँछ। किन किन सरुले यसलाइ उपयुक्त समय ठान्दछ र सञ्जुलाई झ्याम्मै अँगाल्न पुग्दछ। सञ्जुको चिच्चाहटले बेँसी नै थर्काउँछ र गाऊँतिरको पहाडमा पुगेर आवाज फेरि वेँसिमै फर्किन्छ, मानौँ यो सरुले उडाएको चगां थियो। "ऐयाऽऽऽऽऽ!" भउते डरले काँप्दै समालिन्छ र फकाउन खोज्छ। सञ्जुले मनमनै सोच्छे, "भोलि फेरि भेट हुनु छैन, आजलाई जे भो भो दिनभरि झोला बोक्या दाइ हो। कसैले सुने भने आफ्नै बेइजेत नि फेरि।" र मुखले जवाफ दिन्छे, "कस्तो दुखाको नि? गाला नै राऽतो भो, रगत आए जस्तो छ। हजुर त कस्तो मात्तिएको।" सञ्जुले मनमनै दादा र आत्मेलाई सम्झिन्छे। पुतली बजारमा लस्करै सुतेको, भुते रहमा सँगै पौडी खेल्दा दादाको कोमल हातले स्पर्श दिएको र पनि त्यसरी झ्याम्मै कहिल्यै छुन नसकेको। *** *** *** १५ मिनेट उकालो चढेसी सञ्जु मामाघर पुग्दा, आगो बाल्दाखेरिको धुँवाँले होला आँशु झार्दै बहिनी बाहिर निस्केकी हुन्छे। "ओ हो! मामु सञ्जु दिदी आउनूभो।, हर्षले विव्हल हुँदै रुइना बुइनी उफ्रिन्छिन्। भित्र आमासित झगडा गर्दै गरेको Ardent भाइ पनि निस्किन्छ। सञ्जुले राङ्म्खोलामा किनेको भक्कु फेवा पाउरोटी भाइ र बइनीलाई दिँदै सोध्छिन्. "कति किलासमा छौ नि अहिले?" "३नाँ, २ किलासमा त सबलाई पछारेर तृतीय भईँ।" बुइनीले खुशिको खबर सुनाउँछिन्, भने भाइ भक्कु पाउरोटीको बुजो हाल्दै यसबेला बल्ल भान्दिदीको लाज मान्दै कट्टु लगाउँछ र भन्छ, "भान्दिदी! म सिसुबाट एकमा गएँ।" वास्तबमा भाइ बल्ल ६ वर्षको लागेको थियो, २,४ दिन मात्र बानी पार्नको लागि दिदीको पछि लाग्दै स्कुल गएको थियो। फिल भइस् भन्दा रुनी हुनाले जम्मैले भुलाउनलाई "सिसुबाट एकमा गइस्" भन्ने गर्थे। सञ्जुले भने आफु इस् इल् सी फिल भाऽ कुरा निकाल्ने मुनै गरिन। "दिदी हजुरले काट्दिएको।" बुइनीले आफ्नो निधारको साऽऽनो खत देखाउँदै सञ्जुलाई जिस्काइन्, जुन साऽनोमा सञ्जुले बुइनीलाई बोकेर ठुलो हजुरबाऽको बारीमा उखु चोर्न जाँदाखेरि दुबैजना पर्खालबाट लडेर काटेको थियो, तर खत भने झण्डै हराइसकेको थियो। खानपिन र धेरै बेरको भलाकुसारी पछि सबै जना सुत्छन्। *** *** *** सञ्जुको मनमा धेरै कुराहरु खेल्छन्। तरपनि रातभरि सञ्जुको स्मृतिपटमा दादा नै घुमिरहन्छ। र भाइ बुइनीले हिरिक्क गर्दा पनि भोलिपल्ट दिउसै सञ्जु फर्किन्छे। to be contd.
Read Full Discussion Thread for this article