Posted by: nepali_ma April 28, 2005
Private Schools Bandh in Nepal
Login in to Rate this Post:     0       ?        
Next episod from the same interview...here is goes... रबिन्द्र : भन्या के नि! भन्या के मेची महाकाली शैक्षिक नाकाबन्दी भन्या के? लेखनाथे: यो चाही शाही घोषणा बिरुद्धको एउटा राजनैतिक आन्दोलन हो ! शैक्षिक क्षेत्रवाट गरिने राजनैतिक आन्दोलन हो। अब विद्यार्थीहरुलाई हामी आह्वान गर्छौ ? पढाई र परिक्षा होईन ? अब क्याम्पसवाट सडकमा निस्कने ? स्कूलवाट सडकमा निस्कने र शाही परिवारको नाऊमा नामांकन गरिऐको शिक्षण संस्थाहरुको नाम परिवर्तन अभियान हो यो संघर्षको अभियान हो। [What a damn fu#king silly Idea! I guess they wanna change Tribhuvan University to Prachanda University] रबिन्द्र : भनेपछि खालिनाम मात्रै परिवर्तन भयो कुरा त उही भयो नि कहिले एक किसिमले बन्द गर्ने कहिले अर्को किसिमले बन्द गर्ने भने पछि कुरा चाही उही भयो होईन त?? लेखनाथे: कुरा उही भन्दानी अहिले हाम्रो छलफलको केन्द्र के हो भन्दा शाही घोषणा मार्फत संपूर्ण राजनैतिक अधिकारहरुको कतौटी भई सकेपछि विद्यार्थीहरुले के पढ्ने के का निम्ती पढ्ने, कस्को सेवाको निम्ती पढ्ने भन्ने प्रश्न जरुर छ। त्येसो भऐको हुनाले देशमा प्रजातन्त्रको बहाली नहुदा सम्म पढाई प्रमुख हुन सक्दैन, ब्यक्तिगत जीवन विद्यार्थीको प्रमुख हुन सक्दैन भन्ने मर्मका साथ हामीले यो आन्दोलनको आह्वान गरिराखेका छौ। रबिन्द्र : आजको केही समय पछि अथवा केही वर्ष पछि प्रजातन्त्रको बहाली भयो भने आज तपाईहरुले पढ्न नदिऐको असर चाही त्यो प्रजातन्त्र बहाली हुँदा पर्छ कि पर्दैन नि? लेखनाथे: होईन मुख्य कुरो राजनैतिक समस्याहरु हल भई सके पछाडि अरु विषयहरुले सपात वाटो लिऐर जान्छन् भन्ने हाम्रो सैदान्तिक बुझाई ??..[अलमल] ? आम मान्छेको सैदान्तिक बुझाई भऐको हुनाले एक प्रकारको राजनैतिक Solution प्रजातन्त्रमा हुन्छ त्येस्ले चाही बिग्रेको शैक्षिक गतिविधीलाई ठीक ठाँऊवाट अगाडी लिऐर जान्छ भन्ने हाम्रो विस्वास हो। रबिन्द्र : ये?.. भने पछि संसारमा प्रजातन्त्र नभऐको कुनै पनि देशमा विद्यार्थीले पढ्न हुदैन? सब भन्दा पहिले प्रजातन्त्रको स्थापनामा नै लाग्नु पर्छ भन्ने तपाईहरुको भनाई? लेखनाथे: पढ्न पर्छ तर के का निम्ती पढ्ने, केलाई सेवा गर्नका निम्ती पढ्ने भन्ने हाम्रो प्रश्न हो। त्यसकारण अहिले तत्काल नेपालको सन्धर्वमा कुरा गर्दा प्रजातन्त्रका निम्ती केही समयको पढाईहरुलाई बलिदान गर्नु पर्छ विद्यार्थीहरुले भन्ने ??.. (cross question from Rabindra)?. रबिन्द्र : होईन पढेपछि, विद्यार्थीहरुको बुध्दि बढेपछि त भोलि उस्ले कस्को सेवा गर्ने भन्ने कुराको त आफैले निर्णय गरिहाल्छ नि! पढ्नै नदिए पछि त्यो निर्णय कसरी लिने त उसो भऐ? [Very good question I guess] लेखनाथे: त्येसरी भन्दापनि तत्कालको हिसावले ??. जीन्दगी भरि नपढ्ने भन्ने पनि होईन ?.. त्येसो पनि हुन सक्छ ?.. दुनियामा हामीले देखेका छौ दशौ वर्ष बिशौ वर्ष विद्यालय बन्द भऐर विद्यार्थी प्रजातन्त्रको निम्ती लडाई लडिएर बिरता बनेका ईतिहासहरु पनि छन् ??? हाम्रै नेपालको सन्धर्वमा पनि ?? [stopped by Rabindra and asked a cross question again] last episod by this evening ..... read and comment...
Read Full Discussion Thread for this article