Posted by: Dada_Giri April 28, 2005
Login in to Rate this Post:
0
?
सञ्जु काव्य
अध्याय २०
सरु पछि पछि सञ्जु अघि अघि गर्दै, सागको पछाडि लाग्या खशि जस्तो भनम् न, २टा गौँथलिहरु धोबादीको डाँडामा पुगेर रोकिन्छन्।
अचानक केटाहरुको हुलमा डण्डी बियो खेल्दै गरेको निर्माणले देख्छ र टुलुटुलु घरि सञ्जुतिर घरि सरुतिर हेर्छ र मनमनै गुनगुनाउँछ। "कति राम्री केटी रैछे बा। कल्लाई लिएर आयो यो भउते दाइले... ... ..."
"कहाँ गऽर आम्नू भो भउते बाहुन दाइ?." निर्माणले केटीतिर हेर्दै भउतेलाई सोध्छ।
"त्याँ राङ्खोलासम्म पुगेर। के छ त नि भाई?."
"के हुनु नि दाई। SLC त पास भेँ नि म यसपालि, था पाउनु भो होला के रे। हाम्रो स्कुलले त झण्डै निल खाऽको मै हुनाले मात्रै" निर्माणले गर्व गर्यो।
*** *** ***
"अब आँफु त २ बर्ल्याङ् खेलियो के रे यसपाली। धन्न परियो कम्पार्टमा" ३ विषय लाऽका थिए तर सरुले सबैलाई २ विषय मात्र लाग्या छन् भुनेर ढाँट्ने गर्थ्यो। घरमा पनि कता सिस्नु र पानी लाउँछन् कि भन्ने डरले त्यसै भण्थ्यो नि फेरि।
"हजुर र म त एउटै ड्याङ्को मुला परिएछ नि दाइ। मेरो नि यसपालि त हेर्दा हेर्दै खोलाले खेतै लग्यो भने नि हुन्छ।" सञ्जुले सरुसित दुखेसो पोखी।
"हो र? खाने मुकलाई जुगांले छेक्दैन बुइनी , अर्कापाली हेरिराख न झ्वाम्मै First डिभिजन ल्याम्नी हो। म त जम्मै दिन्छु ७तै विषय, जे जे पर्ला पर्ला।" सरुको जोसले सञ्जुलाई शान्त्वना दिन्छ।
"मेरो त त्यो कृषिमा छ नि दाइ १ नम्मर नपुग्या, कति निस्ठुर होलान् है कापी जाच्ने भऽकाहरु नि?"
सञ्जुले चुकचुक गर्दै सही कुरा बताई। उसले रिजल्ट आएको दिनदेखि ३ दिनसम्म अघोषित उपवास बसेकी थिई।छोरी फील भाको दु:खमा काका पनि पुतली बजारबाट घर नै जानु भाऽ थिएन। तरपनि सञ्जुले दादा र आत्मेलाई हेरेर चित्त बुझाएकी थिई।
*** *** ***
"ए त्यसो भे SLC दिनेबेला सँगै परिने भो अर्कापाली।" सरु आसावादी हुन्छ।
"हाम्रो सेन्टर त पुतलीबजार पर्छ, दाई हजुरहरुको वालिगं होला।"
सरुका सपनाहरु हावाले एक्कासी उडाएर लान्छन्। मानौँ अहिले धोबादीमा चैते हुरी चल्दैछ।
*** *** ***
गफै गफमा ३नै जना तलतिर अर्चले भञ्ज्याङ् पुग्छन् । निर्माणले केटीको अगाडि धाक देखाउँदै ३ गिलाँस चिया माग्छ र सुरुप्प पिउँछन्।
पैसा तिर्ने बेलाँ सञ्जुले तिर्न खोज्छे। निर्माणले रोक्छ र भित्र पस्छ।
"भाउजू, अहिलेको ३ गिलाँस चियाको पैसा म भोलि दिम्ला है।"
पसले मगर्नी भाउजुले कुरा बुझे झैँ गरिन्, हुन्छ भन्ने हर्थमा मुन्टो हल्लाउँछिन् र भन्छिन्।
कुरि सेच मिजा लेस। ... ... ... (कति राम्री नानी रैछिन्।)
निर्माण मख्ख पर्दै खिसिक्क हाँस्छ। झिनो आशा छ नि केटोसित पनि।
*** *** ***
३नै जना तल विरुवाको बेँसीको खोलानेर पुग्दाखेरि झमक्क साँझ पर्न थाल्छ र झ्याइँकुरीको आवाजले त्यो साँझको सुन्यतालाई चिरिरहेको हुन्छ।