Posted by: pundit April 26, 2005
BREAKING NEWS Shere le chere
Login in to Rate this Post:     0       ?        
भ्रष्टाचार नियन्त्रण शाही आयोगले एमाले महासचिवलगायत विभिन्न राजनीतिक दलका नेता, पूर्वमन्त्रीहरू, पूर्वगभर्नर, बहालवाला र पूर्ववरिष्ठ अधिकृतसहित करिब सय जनाको बैंक खाता विवरण पठाउन राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।खाता विवरण मागिएकामा नजरबन्द एमाले महासचिव माधवकुइयाकुमार नेपाल र पत्नी गायत्री आचार्य, पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता भरतमोहन अधिकारी र पत्नी ओमकुमारी, पूर्वउद्योगमन्त्री ईश्वर पोखरेल र पत्नी मीरा ध्वजु तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा. वंशीधर मिश्र र पत्नी दुर्गा खडका छन् । पूर्वअर्थमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य महेश आचार्य, विपिन कोइराला, दिलेन्द्रप्रसाद बडु उ उ उ उ र उहाँकी पत्नी, पूर्वमन्त्रीहरू विजय गच्छदार, बलबहादुर केसी, राजीव पराजुली र बुद्धिनभा तामाङको पनि विवरण मागिएको छ ।
Read Full Discussion Thread for this article