Posted by: gaalab April 26, 2005
Login in to Rate this Post:
0
?
ओके जी,
मार्मिक आत्मकथाका लागि धन्यवाद! अब उप्रान्त पनि तपाईंको कथाको प्रतीक्षामा छु।
तपाईंले धेरै नेपालीको प्रतिनिधित्व गर्नुभएको छ। ती सबै (जो तपाईं जस्तै गरी हुर्किएका छन्) एउटा मूलवाटो हिंडिरहेको जस्तो लाग्छ। कठिनाइ र विवषताले गर्दा धेरैले संघर्षको त्यो बाटो रोज्न सकेका छैनन् । जो जसले तपाईंले झैं संघर्ष गर्ने प्रयास गरे, तिनीहरुमध्ये धेरैले बिचैमा अर्को बाटो लाग्न बाध्य भए। खुसी लाग्यो, तपाईंले चाहिं त्यो गरीबीको बाटो पार गर्नु भएछ; प्रेमको वाटोको बारेमा त सुन्नै वाँकी छ। तपाईंको जीवन कसैको लागि प्रेरणाको श्रोत होस् , यही कामना छ ।
तपाईं जस्ता अरुहरुको आत्मबृतान्त चाहिं कि त तिनीहरुले विगतलाई बिर्सन खोजेर, कि त बिसाउने ठाउँ नभएर, कि गाँथ्ने कला नभएर बाहिर आएका छैनन् जस्तै गाग्छ । तपाईंको यो प्रस्तुतिले मलाई पनि परीक्षामा साथीसँग कलम र २ पान्ना कापी लिएर परीक्षा दिएको, कक्षाको सानो भनेर हेपिंदा एउटा केटाको टाउकोमा ढुङ्गाले हानेको र त्यसपछि हेडसरको साह्रा हातको थप्पड खाएको, स्कूलको होलफस्ट भएको, हाजीर जवाफमा पहिला भएको, आदि आदि आँसु र हाँसोका यादहरु आए।
पुन: एकपटक धन्यवाद है!