Posted by: Ok April 25, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
सदा झैं आईतबार पनि स्कुल तिर लागें । बिहानको प्रार्थानाको सम्पूर्ण नियमित काम सकिए पछि सबैजना कक्षा कोठातिर गए । म चाहिँ अफिसको ढोकाको छेउबाट डराई डराई चियाई रहेँ, हेड सरलाई हेर्दै । भित्र छिर्ने आँट पनि गर्न सकिन । बाहिर निस्केको बेलामा भन्छु भनेर कुरी रहेँ । सबैजना सरहरु आ-आफ्ना क्लास भित्र छिरे । कक्षा ६ मा घनश्याम सर जानु भयो । अन्तमा हेड?सर पनि बाँसको भाटाको लठ्ठी लिएर निस्कनु भो । मेरो त सातो पुत्लो नै गयो । "को हो यो, आफ्नो क्लासमा गएर बस्" हेडसरको ठूल्ठुलो स्वरले त मलाई औधि डर लाग्यो। म कुद्दै कक्षामा गएँ । घनश्याम सरले के के भन्दै हुनु हुदो रहेछ । म कक्षामा पुग्दा त उहाँले "अब एक छिन पछि हेडसर पनि आउनु हुन्छ" मात्र भन्नु भो । हेडसर आको बेलामा चाँहि अबश्यै भन्छु भनेर मुटु दरो पर्दै बसें । ४/५ मिनेट पछि नै हेडसर पनि आउनु भो र भन्नु भो "ल को को हो अहिलेसम्म भर्ना नगर्ने, उठ"। हामी भर्ना नहुने ३ जना रहेछौं । एक एक गर्दै हेडसरले कारण सोध्न थाल्नु भो । एक जनाले बुबा "नेपाल" जानु भा छ, पर्सि आएपछि भर्ना गर्छु भन्यो । अर्कोले आज बुबा पैसा रीन काढ्न जानु भा थियो, साहु नै भेट भएन रे, भोली चाहिँ म भर्ना गर्छु भन्यो । दुबैले बुबाको नाम लिएर बोल्दा म चाहिँ के भन्ने होला भनेर सोचिरहेँ । मेरो पालो आयो, म केहि पनि बोल्न सकिन । चुप लागेर घोसेमुन्टो लगाएर टोलाई रहेँ । हेडसरले कडा स्वरमा भन्नु भो "बोल्छस् कि बाहिर निकालौं" । तेति बोल्दा बोल्दै हेडसर त मेरो छेउमै आईसक्नु भो । म त डरले ग्वाँ ग्वाँ पो रुन पुगेंछु । तेति नै बेला एकजना केटोले बोल्यो "सर यो केटो त शिबदुती स्कुलबाट आको, जिल्ला फष्ट भको केटा यहि हो सर" । उस्ले तेसो भनेपछि हेडसर टक्क अडिनु भो र भन्नु भो "यो क्लास पछि मलाई भेट्न अफिसमा आउनु" । यति भन्दै उहाँ बाहिरिनु भो। क्लास सकिने बितिक्कै म हेडसरलाई भेट्न गएँ। आफ्नो सबैकुरा (घरको स्थिति, बुबाको मृत्यु, आफ्नो पढ्ने ईच्छा) रुँदै हेडसरलाई भने । सबैकुरा सुनिसकेपछि हेडसरले बहुत माया गरेर भन्नु भो "हेर बाबु, फिः म तिमिलाई मिनाहा गरिदिन्छु, तर तिमीले राम्रो पढ्नु पर्छ । सधैं फष्ट हुनु पर्छ। हाम्रो स्कुलको ईज्जत राख्नु पर्छ । ल जाउ अहिले क्लासमा। भोलीबाट हाजिरकपिमा तिम्रो नाम लेख्न लगाउँला।" हेडसरले तेसो भन्दा म कति खुशि भएँ होला । नढाँटिकन भन्नु पर्दा छात्रबृति पाएर मास्टर्स गर्न अमेरिका आउदा पनि म तेति बेलाको जति खुशि भईन। अब केहि महिना पछि नै मेरो डाक्टर कोर्स पनि सकिन्छ होला । मलाई लाग्दैन कि म त्यो बेलाको जस्तो खुशि यो पी. एच. डी. सक्ता पनि हुन सक्छु। मलाई त्यतिबेला म जति खुशि कोहि पनि छैनन् जस्तो लाग्यो । फुरुक्क पर्दै क्लासमा गएँ । साथिहरुबाट थाहा पाएँ "मेरो बारेमा हेडसरलाई भन्ने केटो त तेहि डम्मरे रहेछ, पहिलो दिन मलाई छिर्किनी लार लडाउने। उ ५ कक्षाबाट प्रथम भर ६ मा गाको रे तेहि स्कुल बाट। अनि मैले उस्लाई जित्छु भनेर मेरो बिरुद्दमा लागेको रे"। उस्को मनमा जे सुकै भए पनि उस्ले तेति भनेर मैले पढ्न पाको जस्तो लागो मलाई त । मनमनै धन्याबाद दिएँ। क्लास सकिने बितिकै छिटो छिटो घरतिर लागें, आमालाई खुशिको कुरा सुनाउन। बाटो हिड्दा पनि मलाई कत्ति हल्का भको थियो, हावा मै उडेजस्तो । साझाल्यान्ड, १२ बैशाख, २०६२
Read Full Discussion Thread for this article