Posted by: kisser April 24, 2005
Hang the Journalists
Login in to Rate this Post:     0       ?        
ज. ?प्रजातन्त्र कहाँ छ महाराज ?? भन्ने समाचार शीर्षक स्वयंले त्यसको स्रोत र आशय स्पष्ट गरेको छ । त्यसका निम्ति उक्त शीर्षकलाई इन्भर्टर्ेेगरिएको छ । त्यो प्रश्न बुधवार साप्ताहिकको होइन । देशका बहालवाला सांसद बलबहादुर र्राईको रोदन हो । मुलुकमा राष्ट्रियसभाको अस्तित्व छ र प्रजातान्त्रिक कालमा उन्नाइसौंपटक कार्यवाहक प्रधानमन्त्री रहिसक्नुभएका सांसद बलबहादुर र्राईले त्यो प्रश्न सोधेर यतिबेला प्रजातन्त्र भए नभएको बारे आफ्नो आशंका स्पष्ट गर्नुभएको छ । नेपाल अधिराज्यको संविधान २०४७ को व्यवस्था अनुसार प्रतिनिधिसभा नभएको स्थितिमा देशमा लागू संकटकालीन अवस्था तीन महिनाभित्र राष्ट्रियसभामा छलफल गरी अनुमोदन गर्नुपर्छ । यो बाध्यात्मक व्यवस्था हो । यसका लागि राष्ट्रिय सभाका एक दर्जनभन्दा बढी सांसदहरूले संकटकाल घोषणाको प्रारम्भतिरै सम्बद्ध सबै पक्षको ध्यानाकर्षा गराइसकेको तथ्य जगजाहेर छ । तर यसबीचमा संविधानतः बस्नुपर्ने राष्ट्रियसभाको बैठक बसेको छैन, बरू एकदर्जनभन्दा बढी सांसदहरूलाई गिरफ्तार गरी हिरासतमा राखिएको छ । more at - http://www.blog.com.np/nepali/?p=10
Read Full Discussion Thread for this article