Posted by: Nepe April 23, 2005
Yatra Sansmaran: Yeuta Beglai Anubhuti
Login in to Rate this Post:     0       ?        
निर्माणजी, मैले पनि बडो चाख लिएर पढ्दै गएको हुँ तपाईको कथा । सजिलैसित राजनैतिक आग्रहमा चिप्लिन सक्ने सम्वेदनशिल कथानकलाई जुन सम्वेदनशिलता र सुरुचिका साथ प्रस्तुत गर्न सक्नुभयो त्यसबाट तपाईमा भएको प्रतिभा र लेखक-धर्म को पकड झल्किन्छ भन्ने लाग्छ मलाई । अनि ती साझावासी पाठकहरू, जसको कल्पनामा माओ छापामार युवतीको चित्र रामानन्द सागरले चित्रण गर्नुभएको सुर्पणखा जस्तो वा आशुले चित्रण गर्नुभएको बाफ-कसौंडी (pressure cooker) चोरुवी प्रेमिका भन्दा फरक छैन, पक्कै छक्क परे होलान्, तपाईको कथा सुनेर ।
Read Full Discussion Thread for this article