Posted by: Ok April 22, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
"धेरै पढेलेखेका र धनिमानि बस्ने ठाँऊमा हामीजस्ता गरीब र टाढा-टाढाबाट जाने मानिसको कुनै ठाँउ हुन्न । सबैले हेप्छन् । छिःछिः र दर्दुर गर्छन् । सानो सानो कुरामा पनि निउ खोजेर झगडा गर्न खोज्छन् । त्यस्तो हुलमुलबाट टाढै रहनु है छोरा । बरु अलिअलि सहनु तर कहिलै पनि झगडा नगर्नु । हामी तिनिहरूसंग काँहा बदला लिन सक्नु? मैले तेरोबारेमा कुनै किसिमको नराम्रो सुन्नु नपरोस्" हिजो बेलुका मात्र आमाले दिनु भएका यी अर्तिहरुलाई मनमा खेलाउदै जाँदा त स्कुलको नजिक पुगिसकेको रहेछु । हुलका हुल केटाकेटीहरु स्कुलमा पस्तै रहेछन्। म चैं अलिक छुट्टै छेउछेउबाट अघि बढ्दै गएँ । गेटको छेबैको चौतारीमा ४/५ जना केटाहरु स्कुल भित्र पस्ने केटाकेटीलाई हेर्दै के के भनिरहेका थिए, मैले त राम्रोसंग सुनिन । सुन्ने कोशिष पनि गरिन। भित्र भित्रै डर पनि लागिरहेको थियो । "ए हेर त ऊ तेहि पुन्टे हो शिवदुतिबाट फस्ट भर आउने, जिल्ला फस्ट भको रे !" ति केटाहरु मध्ये एउटाले भन्यो । "हेर्दा चैं खान नपाको मरन्च्याँसे छ, किताबको किरो" अर्कोले थप्यो। सबै गलल हाँसे। म चाँहि सुनेको नसुनै गरेर सटासट स्कुलभित्र पसेँ । १० बजेको घन्टी लाग्यो । सबै जना लाईन लाग्न थाले। कक्षा ६ को लाईन सोध्दै म पनि लाईनमा पुगेँ । "श्रीमान् गम्भिर नेपाली" पछि "हट्ने हैन डटि लड्ने" पनि सकियो । मलाई त यी दुबै कन्ठै थिए । सबैजना गुरुरु कुद्दै कोठाकोठामा लागे। म पनि के कुद्?न लागेको थिएँ, कस्ले मेरो खुट्टामा छिर्कनी लगाई दिएछ । म त नराम्रो संग लडेँ । रातो माटोले बनेको भुँई ढुङ्गा जस्तै सारो रहेछ, कस्तो नराम्रोसँग दुख्यो । झोला पनि काहाँ पुग्यो थाहा पाइन । "यो डम्मरे पनि कति छुचो, बिचारा कस्तरी लड्यो" नजीकैबाट १ जना बहिनीको स्वर सुने । "के हो मञ्जे ! खुब मन परो जस्तो छ नी । चाल निको छैन है, घनश्याम सरलाई भन्दिउ" केटाको स्बर बोल्यो । तेतिखेर सम्म सकिनसकि म पनि उठिसकेको थिएँ । जीउको धुलो टक्टकाएँ । यसो यताउति हेरें। मलाई छिर्कनि मार्ने केटाहरु त ति अघि चौतारामा बस्ने जस्तो लाग्यो । तर अघि पनि राम्रोसंग तिनिहरुको अनुहार नहेरेको ले राम्ररी ठम्याउन सकिन । रीस त मलाई कम्ता उठेको थिएन, तरपनि आमाले भनेको सम्झँदै तिनिहरुको मुख पनि नहेरी झोला खोज्न थालेँ । "यी दाई, तपाईँको झोला" एउटी बैनिले झोला दिंदै भनिन् "धेरै दुखो?" । उनिसंग अरु २ जना बहिनिहरु पनि रहेछन् । झोला पनि टाढैबाट सरक्क दिईन्, छुँदा पनि जात जान्छ जस्तो गरी । मैले पनि परैबाट हात लम्काएर झोला समाएँ । "हैन, अलिअलि मात्र, धन्यबाद है !" भन्दै खुट्टो खोल्च्याउँदै म ६ कक्षाको कक्षाकोठा तिर लागेँ । साझाल्यान्ड, १० बैशाख, २०६२
Read Full Discussion Thread for this article