Posted by: Ok April 22, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
"मञ्जु, मलाई माफ गर है"-ओके खण्ड ३ माघ २ गते बुधबार। बिहानै ऊठें। आज म रामपुर जाने, हाईस्कुल पढ्न। पढ्न पाउने नपाउने त भविश्यले नै बताउला तर पनि नयाँ ठाउँ, नयाँ स्कुल जाने भने पछि मनमा त रमाइलो त लागिहाल्छ नि। सिँचाइको कुलो बनाउदा सिमेन्टि राख्ने प्लास्टिकलाई सियोले सिएर आमाले सानो झोला बनाईदिनु भएको थियो, हो त्यै झोलामा पुरस्कार पाएको १ रुपियाँ जाने १ वटा कपि हालेँ । हिजो माघेसक्रान्तिमा उसिनेर राखेका घर-तरुल यसो अलि अलि फोहोर पुछपाछ पारेर खाँए । भाइ-बाहिनीलाई पनि दिएँ । आमा बिहानै घाँस (घाँस काट्न) गईसक्नु भएको थियो । भाइबैनीलाई "राम्ररी बस है, आमा आउने बेला हुन लाग्यो" भने । माथ्लो गराको गोठमा गएर गाईभैंसिलाई सुकेको पुरानो खर हालेँ । बिहानको ७ बजे नै आमाले गत मंसिरमा नुन र मट्टितेल लिन जाँदा गाईघाटमा सानिमाको छोरा (मेरो दाइ) ले भाईलाई भनेर दिएको सेकेन्ड ह्यान्ड भेष्ट र कट्टु (पहिलो पटक) लगाएर रामपुरतिर हानिएँ । मनभरि मैले पढ्न पाएको, रामपुरमा मलाई सबैले माया गरेको, कोहि १ जना सज्ज्जनले मलाई उनकै घरमा लगेर पढाएको र म १० कक्षा सम्म पढी माष्टर भएर आमाका आँखाबाट आँसु सदा सदाका लागि बिदा गरेको कल्पनामा डुब्दै बाटो लागें । केहि उमंग, केहि नौलोपन, केहि घरको अवस्थाको पीडा र केहि आसा लिएर । खुट्टा पनि पो छिटै चालेँछु कि क्या हो, १० बज्न ३० मिनेट बाँकि रहेछ रामपुर डिलमा निस्कँदा त । रामपुर डिलमा अर्को गाउँबाट आउने केटाकेटीहरुसंग भेट भो । ऊनिहरु भन्दा अलिक पछि-पछि गर्दै स्कुल तिर लागें। रामपुर ओखल्ढुङगा जिल्लाको राम्रैसँग चिनिएको ठाँउ । तीन टारहरु रुम्जाटार, गाम्नाङटार र रामपुरटार मध्ये रामपुर करीब करीब जिल्लाकै केन्द्रमा रहेको समथर भूभाग । संसद, मन्त्रिहरु देखि अलिक जान्ने सुन्ने भनेर चिनिएको ठाउँ। पत्रकारहरुले त निकै नि ख्याति कमाएका । पञ्चायतमा धेरै सपुतहरुले ज्यान दिएको रक्तिम माटो । उत्तरमा अग्लो पहाडलाई सिरानिमा राखि देब्रेतिर ओखल्ढुङ्गा सदरमुकामलाई छेकेर लमतन्न परेका साना पहाडहरु तथा दाईने तिर सदाबहार बगिरहने मोलुङ खोलाले काटेको ठूलो गल्छि, डाँडैडाँडाको चेपैचेप बहेर सुनकोशीमा मिसिने । जिल्लाका स-साना सरकारी कार्यालय देखि हाईस्कुल सम्म छन् यहाँ। अहिले त उच्च मा बि पनि छ रे । ओखल्ढुङगाको प्राकृतिक सौन्दर्यलाई त युगकवि सिद्दीचरण श्रेष्ठले सबैलाई लोभ्याउने गरि लेखिसकेका छन् नि "मेरो पियारो ओखल्ढुङ्गामा" मा। क्रमशः
Read Full Discussion Thread for this article