Posted by: SaruBhakta-II April 21, 2005
Login in to Rate this Post:
0
?
ओइ दादा,
त्यो सञ्जुलाई बचाएर फेरि निरन्तर गरम्न यार। बरु अलि ढिलो ढिलो नै सही।
किन किन सञ्जु मरी जस्तो नै लाग्दैन मलाई त।
"झ्वाम्म हाम्फालेको त पानी त सारै चिसो छ बा। क्यार्नु फुङ्गालिहालियो, बेर्थै फुङगालेको, मर्ने बेलामा पनि कस्तो जाडो हुने भो, सुइटर लगा'र आउनु पर्ने रेछ भनेर सोच्दै थिएँ 'चति चमि चत चक चति चसु चते चको चहो?' भन्छे सञ्जु ले त। होइन, मर्ने बेलाँ पनि के का पार्सेभाषा फुरेका यसलाई भनेर यसो आँखा खोलेको त हातमा अम्खोरा भरि पानी लिएर सञ्जु अगाडि ऊभिरा'कि बा। केटिले त मेरो मुखभरि पानी छ्यापिछे। ओहो, सपना पो रै'छ, सपना मा भे,पनि एउटा अनुभव चैँ भो भन्दै उठेँ। पाइँट पनि चिसै भे'छ। म हतार हतार बाथरुम पसेँ।"
भन्दै सुरु गरम्न।
कस्तो रमाइलो कथा त्यत्तिकै सक्काईदिनी। सञ्जु को कसम ल, फेरि सुरु गर्नुस यार।
-सरु