Posted by: Ok April 21, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
माथिबाट क्रमशः अहिले सम्म याद छ, आमाले यसो भनेपछि म कत्तिबेर टोलाएर बसेको थिएँ । अलिअलि त म पनि आमाका समस्याहरु बुझ्थें तर पनि मनमा लाग्यो "आफूलाई पढ्न कति मन छ? सबैले धेरै पढ्नु पर्छ भन्छन् । तर म चाँहि पढ्न नपाउने भएँ।" मेरो सोचाईको दायरा अलिक फराकिलो हुँदै गुयो "कुनै हुनेखाने प्रधानपञ्च र मुखिया-जिम्मलका छोराछोरीले मैले जस्तो प्रथम गरेका भए, दुनियाँ गाउलेलाई डाकी खसी, राँगा काटेर भोज दिन्थे होलान् । कत्ती नाँचगान हुन्थो होला ? गाऊँका झारेझुरे स्कुलको सट्टा शहरका बोर्डिङ स्कुलमा पढाउने चाँजोपाँजो मिलाइ सक्थे होलान् ।" म भित्र-भित्रै सोच्थे " म किन गरीव घरमा जन्मेको होला? अलिक धनि घरमा जन्मिनु नि ! कमसेकम पढ्न त पाउँथे ।" म धेरै टोलाएर पीर गरेको देखेर होला, आमाले मलाई सान्तोना दिंदै भन्नु भो "हेर छोरा, अब त तँ पनि त कुरा बुझ्छस् नि। मलाई पनि तँलाइ पढाएर ठूलो माष्टर बनाउने मन छ । तर पनि म के गर्न सक्छु र ? तँ नै भन त !" उहाँले थप्तै जानु भो "मैले तँलाइ गर्न सक्ने भनेको कठीनले घरबाट फुर्सद दिने हो । न म तेरो फिस नै तिर्न सक्छु न त रामपुरमा बस्ता डेरा-भाडा र खानाको पैसा नै । तँ आफ्नै हिसाबले पढ्न सक्छस् भने चाँहि म तँलाइ रोक्तिन ।" यसो भनि रहँदा आमाको स्वर अड्किसकेको थियो । भित्रैबाट भक्कानो छुट्यो र आमा बोल्न पनि नसक्ने हुनु भो । पछाडि फर्केर आफ्नो बेदना दबाउनु भो र "भित्र तरकारी डढिसकोकी क्या हो" भन्दै घर भित्र पस्नु भो । आमाका कुरा सुनेपछि मेरो सोचाईका बिषयबस्तु परिवर्तन भए । पढ्न पाउने नपाउने समस्याबाट अब कसरी पढ्ने भन्ने भन्ने कुरा नै बढि मनमा खेल्न थाले "जसोतसो ५ कक्षा सम्म त पढियो, अब अरु धेरै कसरी पढ्ने होला? आमाको इच्छा मलाई १० कक्षा सम्म पढाएर माष्टर बनाउने छ। नजिक पासो हाईस्कुल पनि छैनन् । ३ घण्टा पैदल हिडेर रामपुर पुग्नु पर्छ, हाईस्कुल भेट्नलाई । फेरी मोलुङ खोलो र पोक्तिङ खोलो पनि तर्नु पर्छ । बर्खा (बर्षा) मा उर्लेर चिताई नसक्नुका हुन्छन् यी खोलाहरु पनि। मोलुङ खोलामा त पुल पनि छ, तेई हो २ घण्टा फेरो पर्छ । तर पोक्तिङमा त काँही पनि पुलै छैन । खहरे खोलो त परो । थोरै पानी परोकी ह्वाल्लै बढिहाल्छ । हिउँदमा रातसाँझ घर आएपनि बर्खामा त डेरा लिएर बस्नै पर्छ। तर पनि १,२ दिन त घर बाट नै जान्छु । यसो कतै ओत लागेर ज्यान पाल्ने ठाँउ भेट्न पाए त कति गजब हुन्थो। कुनै दयाबान मानिसले साँझ बिहान काम गर्ने र दिउसो स्कुल पठाउने, फिस तिरिदिने र खान लाउन दिने भए मलाइ त अरु के चाहियो र? मेरो लागि त स-साना पढ्ने बच्चा भको घरमा आफूले जानेको सिकाएर पढ्न पाए सबभन्दा राम्रो हुन्थो नी । तर तेस्तो राम्रो काहाँ पाउनु र !" साझाल्यान्ड, ९ बैशाख, २०६२
Read Full Discussion Thread for this article