Posted by: Poonte April 21, 2005
Age Limit
Login in to Rate this Post:     0       ?        
धत्तेरी! यो कलिलै बुढेसकामका कत्रो टेन्सन् आईलाग्यो! आफु मात्र मोज गरि राऽ बेला, यो अर्को पातकी बुढो आएर कम्पिटिशन् बढ्यो! भोली देखुन् फेरि कस्सेर कसरत गर्न पर्ने भो नि! किन आउन पर्या होला यो बूढोलाई साझा तिर? खुरुक्क घाट् तिर नलागेर? उफ्! हि हि हि हि?ए, बुढा! ठट्टा मात्र गरेको, है! वास्तविक कुरो भन्ने हो भने, म त तिम्रो आगमनले हर्षले गद् गद् भएर यी (पुन्टेको यसै त २-फुटे, बुढेसकालमा कुप्रेर झन् साँढे एक फुट् पुग्या) खुट्टाहरु भुईँमा छैनन्! म नि पर्सी ठ्याम्मै ६० पुग्ने। साथी पाएर सिनित्तै भई सक्या खप्पराँ नि बुरुरुरुरुरुरु कपाल उम्र्या झैं महसुस भई रहेछ। मादलको तालमा कम्मरको साथ साथै भुँडी हल्लाउँदै घरी घरी ऐना हेरम् हेरम् लाग्यो! बरु, लौरो टेकम्, साथी। जाम् हिँड, म तिम्लाई ओरियन्टेशन टुर मा लान्छु? सर्वप्रथम, आफ्नो त्यो मेडिशिन क्याबिनेट् बाट VIAGRA झिकेर मिल्काईदिम्। यो साझाका २-४ जना उरन्ठेउला तन्नेरीहरुले बेला बखताँ यस्तो यस्तो तरुणीहरुको तस्बीर टाँसिदिन्छन् कि?त्यो हेरेसी VIAGRA नै चाहिन्न! किन बेक्काराँ पैसा खर्च गर्नि, होईन? बरु त्यो पैसाले साथी साथी मिलेर दाँत हालम्ला! कोई तरुणी झुक्केर फसी गो भने तेस्को गाला टोक्न सजिलो हुन्छ। अन्फेर, तेई मेडिशिन क्याबिनेटाँ WOMEN?S PMS TYLENOL थपुम्, साथी। बेला बखताँ एउटी SONIKA_NY भन्ने टुप्लुक्क देखा पर्छे, अनि तेस्लाई त त्यो ओखती नख्वाई हुँदैन। PROJAC पनि थपुम्, साथी, त्यो क्याबिनेटाँ। कोई कोई मात्तिएर पात्तिएका नकचरोहरु आफु माथि आईलागेमा तिनीहरुको मुखाँ कोचिदिन हुन्छ। आफुले खाने होईन नि फेरि त्यो PROJAC! हामी त, DIAPER लाउनी उमेराँ यसै नि HYPER हुँदैनम् नि! सिटामोल त यसै पनि होला, बरु अरु नि ३-४ बोरा झिकाई राखम्। कोई कोई बढी जान्ने-सुन्ने ले टाउको खान्छ सम्टाईम्स्। अरु त तेस्तै हो, साथी?त्यो CENTRUM SILVER, अनि के जाति MULTI VITAMINS हरु त राश राखेकै होला। साथी साथी बाँडी चुँडी खान पर्छ, है! बाँकी अरु टिप्पणीहरु ट्याम् पा बेला फेरि भन्दै गरम्ल। ल, अब एक्छिन् थकाई मारम्। उफ्?स्याईईईईईईईई!
Read Full Discussion Thread for this article