Posted by: newuser April 20, 2005
intresting artical
Login in to Rate this Post:     0       ?        
Gyan Bahadurs are desperate: www.kantipuronline.com विदेशमा समेत बिक्री गरिने साढे पाँच अर्बको शान्ति ऋणपत्र जारी हुने विजय घिमिरे काठमाडौं, वैशाख ६ - सरकारले खर्च धान्न आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने गरी शान्ति ऋणपत्र -पिस बन्ड) निष्कासन गर्ने भएको छ । दातृ समुदायको सहयोग कटौती र राजस्व लक्ष्यअनुसार नबढेकाले यस्तो विकल्पको तयारी भएको हो । अर्थ मन्त्रालय स्रोतका अनुसार जारी हुने ऋणपत्र करिब साढे पाँच अर्ब रुपैयाँको हुनेछ । विश्व बैंकले चालु वर्ष कटौती गरेको करिब साढे ५ अर्ब रुपैयाँको बजेट सहयोग पूर्ति गर्न यो रकम सहायक हुनेछ । यसलाई बजेट सहयोगकै रूपमा उपयोग गरिनेछ । नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा बिक्रीका लागि बन्ड जारी गरेको यो पहिलो हो । 'खर्च जुटाउन सरकारले स्रोतहरू खोज्ने क्रममा यस्तो बन्डको निष्कासनका लागि प्रक्रिया सुरु गरेको छ,' अर्थमन्त्री मधुकरशमशेर जबराले कान्तिपुरसँग भन्नुभयो । उहाँका अनुसार ऋणपत्र अवधारणा तयार पारी अध्ययनका लागि मन्त्रिपरिषद् सदस्यहरूलाई बाँडिएको छ । मन्त्रिपरिषदको बैठकमा पनि अतिरिक्त बन्ड निष्कासनबारे छलफल भएको थियो । 'छलफल भयो तर निर्णय भइसकेको छैन,' स्रोतले भन्यो । केही वर्षअघि पाकिस्तानले पनि यस्तो बन्ड निष्कासन गरेको थियो । मन्त्रीका अनुसार त्यही प्रकारको बन्ड निष्कासन गर्न लागिएको हो । पाकिस्तानी अर्थराज्यमन्त्री हीना रब्बानी खारको हालैको भ्रमणमा पनि यसबारे छलफल भएको स्रोतले जनायो । आणविक परीक्षणपछि विदेशी सहयोग बन्द भएका बेला पाकिस्तानले यस्तो बन्ड निष्कासन गरेको थियो । बाहिरी सहयोग नआउँदा विदेशी विनिमय सन्तुलन राख्न अन्तर्राष्ट्रिय बजारमा बिक्री उपयुक्त हुने स्रोतको दाबी छ । तयारीअनुसार विदेशीले यो बन्ड खरिद गर्दा विदेशी विनिमय तिर्नुपर्नेछ । परिपक्व भएपछि भुक्तानी नेपाली रुपैयाँमा पाउने छन् । विदेशी विनिमयको उतारचढावबाट हुने जोखिम कम गर्न सरकारले यस्तो उपाय गर्न लागेको हो । ब्याजदर र परिपक्व समयबारे भने टुंगो लागेको छैन । विदेशमा बस्ने गैरआवासीय नेपालीलाई लक्ष्य गरी यो बन्ड निकालिने अर्थमन्त्रीले जानकारी दिनुभयो । उता स्रोत अभावमा आगामी वर्षको बजेटको आकार नबढाउने तयारी भइरहेको छ । यसपालि चैतसम्म राजस्व वृद्धिदर ५ दशमलव ४ प्रतिशत मात्र छ । राजस्वको लक्ष्य पूरा हुन १८ प्रतिशत वृद्धि हुनुपर्छ ।
Read Full Discussion Thread for this article