Posted by: Dada Giri April 19, 2005
Login in to Rate this Post:
0
?
यो दामोदर जीले जि.बि.एन्.सी. मा प्रमूख प्रतिपक्ष (माकुने)को भूमिका खेल्छन्, म हेर्छु।
प्रतिकृया निस्किदैन।
अनि "हैन मरेऊ कि क्या जम्मै?" दामोदर फेरि रिसाउँछन्।
एक दुई जनाको प्रतिकृया आउँछ। "त्यसो भए तैँले गर न।"
दामोदर बोल्दैनन्।
अनि शिरिष जी आऊँछन्, "हैन,कुरो यसो हो!" भन्दै।
चीत्त बुझ्दैन उसको। अनि अध्यक्ष जी नि आउँछन्। समस्या प्रस्ट्याउँछन्।
म त्यो पनि सुन्छु।
"छु मतलब!" अनि दामोदर भाग्छन्।
म त्यो पनि हेर्छु।
२,४ पोस्ट हुन्छ। म पनि बोल्छु, बिनसित्तैमा। अरु धागो भन्दा भिन्दै भएकोले रमाइलो लाग्छ के, यो धागो।
२,४ महिना बित्छ। ... ... ...(दामोदर हराउँछन्, मानौँ नजरबन्दमा परे।)
बिर्सिसकेको बेला झस्काउन फेरि दामोदर निस्किन्छन्। मन्त्री मण्डल फेरिन्छ रे। मलाई पनि थाहा हुन्छ १,२ जना नयाँ मन्त्रीहरुको नाम, स्वरै स्वरमा।
दामोदर भने फेरिपनि प्रतिपक्षमै हुन्छन्। आखिर माकुने(माधव कुमार नेपाल) न हुन्।
म त्यो पनि हेर्छु। ... ... ...
मनमनै सोच्छु , "दामोदरको प्रतिपक्षको भूमिका त जायज हो।"
शिरिषजीको बिचार हेर्छु। अनि सोच्छु, "त्यो पनि हो नि त गर्न कम गाह्रो छ, भन्न मात्र सजिलो हो।"
"तैपनि कोही नि बोलेन भने त Lively भएन नि।" जस्तो मान्छु र एक्लै चित्त बुझाउँछु। सबै ठिकै हुन् जस्तो लाग्छ।
... ... ...
यो चक्र जारी रहन्छ।... ... ...