Posted by: Ok April 18, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
गुरु प्रसाद सरले कक्षा ५ को फस्टको नाम लिनु अघि भूमिका बाँध्न थाल्नु भो "यसपाली कक्षा ५ को १ जनाले हाम्रो स्कुलको ईञ्ञ्जत राखेका छन् जिल्ला प्रथम भएर। ऊनले ७०० पुर्णाङ्कमा ६७० नम्बर ल्याए ।" उनको आवाज झन् ठूलो हुदै गयो "ति जेहेन्दार विद्यार्थी-हुन ओम कुमार खनाळ । उनलाई पुरुस्कार प्रदान गरीदिनु हुन हाम्रा सम्माननिय प्रमुख अतिथि जि. शि. अ. सरलाई अनुरोध गर्दछु ।" म हतारिंदै मञ्चतिर बढेँ । मञ्च खेतको माथ्लो गरामा थियो, गौडो उक्लिनु पर्ने । म उक्लिनै सकिंन । म उक्लिन नसकेको देखेर सबै हाँसे । मेरो मुख त रातो-पीरो भो । पछाडिबाट भक्तेले घँचेटी दियो । त्यसबेला हामी कट्टु पनि लगाउँदैन थिऊँ । पाइन्टको कुरा त परै जावस् । ठूलो दौराले छोप्यो, बस् भै हाल्थ्यो । भक्तेले घँचेट्दा मेरो दौराको फेर माथितिर फर्केछ र भित्रको देखाउनु नहुने 'चिज' पनि देखिएछ । सबजना फेरी गललल्ल हाँसे । म त झन् लाजले भुतुक्कै भँए । मञ्चमा पुगेर पुरस्कार थापें । मेरो दश ठाँउमा टालेको दौरा देखेर होला जि. शि. अ. सरले रु १०० को नोट दिंदै भन्नु भो "यसले एउटा दौरा किनेर लगाउनु। अब पनि राम्रोसंग पढ्नु है । म फेरी पुरस्कार दिन्छु नि ।" त्यसबेला सम्म मैले १०० को नोट कहिल्लै देखेको थिईन । पहिलो पल्ट देखेको नोटलाई दरो गरी समातेर मञ्चबाट बाहिरिँए । मञ्चबाट फर्कंदा नफर्कंदै मेरो अघिको लाज हराईसकेको थियो । "मेरा बाबा आजसम्म बाँचिरहनु भइको भए छोराको सफलता देखेर कति खुशि हुनुहुन्थो होला? मलाई कति स्याबासी दिनु हुन्थो होला ? बाबा बाँच्नु भा भे दिनै पिच्छे स्कुल जान पनि पाईन्थ्यो होला । अनि दिन बिराएर बाख्रा हेर्न (चराऊन) जानु नपरेको भए २,३,४ कक्षामा पनि त म पहिला हुन्थेँ होला नि ।" मेरो कलिलो दिमाग बाबाकै सम्झनामा डुबिसकेको थियो । पाएको स्याबासीलाई बुबाको संझनाले पुरै ढाक्यो । मेरो अनुहारमा खुशिको कुनै लेस पनि थिएन । कार्यक्रम सकिने वित्तिकै आमालाई मेरो खुशिको खबर सुनाउन म छिटो छिटो घर तिर लागेँ । साझाल्याण्ड, ५ बैशाख, २०६२
Read Full Discussion Thread for this article