Posted by: Ok April 18, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
खण्ड १ आज २०४२ साल पौष १४ गते । बिहानै देखि शिबदुति प्राथामिक बिद्यालयमा निकै चहलपहल थियो । कहिल्यै सफा नगरिने कुना काप्चाका झारपातहरु पनि उखेलिंदै थिए । कक्षा १ र २ मा बिद्यार्थी बसेर पढ्ने गुन्द्रिहरु (सुकुलहरु) पनि टक्टक्याईँदै थियो । कक्षाकोठामा पानीको भल पस्ने मुसाले खनेका दुलाहरु पनि गोबर र माटोले पुरिंदै थियो । चौरमा भएका ठूल्ठूला ढुंगा हटाएर सफा पारी सकियो । करेसाबारीको घाँस सफा गर्न एक हुल केटाकेटीहरु स्कुलको पछाडि पट्टी लागे, तुलिगाँडा जस्तै कराउँदै । म पनि त्यही हुलमुलमा थिएँ । ठूलो कक्षाको केटो भर के गर्नु, आफू त सानु ज्याडा (जेहडा) को मान्छे, भिडभाडमा त सजिलै बिलाउने । "हैन यो तितेपाती त कति दरो रैछ, मैले त तान्नै सकिन" ताराले मतिर फर्केर भनि। "खै त म तै सक्छु कि" मैले पुरुषार्थ देखाउन खोजेँ । तर मेरो पनि हुति पुगेन । म बेस्सरी कन्दै तान्न थालेँ, तारालाई 'मैले सकें त' भनेर फूर्ति लाउन। तर सक्तै सकिन । मेरो गरी नचलेको देखेर ताराले भनि "दाइ दाइ, धेरै बल नगर न, गानु जान्छ । बरु ऊ त्यो भक्तेले चाँहि सक्छ होला । त्यो भुसतिघ्रे त क्या बलियो छ"। त्यतिकैमा लाईन लाग्ने घन्टी बज्यो । बिहानको ११ बजिसकेछ । हामी दौडदै लाईन लाग्न कुदिऊँ । बेग्ला-बेग्लै कक्षाको बेग्ला-बेग्लै लाईन लाग्नु पर्थो । अर्काको लाईन काट्नु पनि हुन्नथ्यो। लाईन काट्यो कि हेडसरको चुटाई खानु पर्ने । तारा मेरी आफ्नै बहिनी भनेपनि हुन्छ, बरडाँडे बडाउकी कान्छी छोरी । ३ पुस्ता अघि मात्र हाम्रो हाँगो फाटेको । म भन्दा १ कक्षा मुनि पढ्ने भा पनि निकै ठूली नै छे । लरक्क परेकि । पढाईमा पनि तगडा छे । पहिला हुन नसके पनि दोस्रा-तेस्रा भैरहन्छे । अलिक चट्पटे स्वभाबकी छे । थुतुनु अलिक छिटो छ, प्याट्टै बोली दिन्छे वरिपरि नहेरिकनै । तर नभाका कुरा चाँहि बिल्कुल गर्दिन । हिस्सी परेकि पनि छे मोरी ! लाईन मै हरिप्रसाद हेडसरले त्यस दिनको बाँकी काम सुनाऊनु भो "अब १ देखि ५ कक्षा सम्मका केटीहरु जति क्रमैसँग पहिले जुलुसको अघि लाग्ने । त्यसपछि गोपाल सर र डण्डी प्रसाद सर हिड्ने । त्यसपछि केटाहरुको पालो । ओके र कमलेले पहिला भट्याउने, पछि अरु सबैले उहि भन्ने?Cअलिक ठूलो ठूलो स्वरले । कोहि पनि अघिपछि नगर्ने । भिरमा साना नानीहरुलाई ठूलाले समाउने । साउनेपानी, देउराली, भकुन्डे गाउँ हुदै गैरीखेतको २ मुरे गरोमा पुगेर सभा गर्ने । त्यहिँ तिमीहरुको रिजल्ट सुनाउने । जिल्लाबाट ठूला मान्छे पनि आउँदैछन् । सबै अनुशासित हुने?h आधा घन्टा भित्रै जुलुस २ मुरे गरामा पुगेर सभामा परिणत भो । मेरो त घोक्रो सुकिसकेको थियो कराउँदा कराउँदा । केहि समयको औपचारिक कार्यक्रम पछि अन्तमा रिजल्ट सुनाउने पालो आयो । मञ्चमा जिल्ला शिक्षा अधिकारी जनार्दन नेपाळ पनि आईसकेका रहेछन्, हामीले त चिन्ने कुरै भएन । गुरु प्रसाद सरले १ कक्षा देखि क्रमैसँग रिजल्ट सुनाउँदै जानु भो । कक्षा ४ मा तारा यसपाली पनि तेस्रा भई । "कक्षा ५ को रिजल्टको त कहिल्यै पालो आउन्न बा !" म भित्र भित्रै गुनगुनाउन थालेँ । त्यसबेला कक्षा ५ को परीक्षा जिल्ला स्तरिय रुपमा हुन्थ्यो, तर रिजल्ट भने स्कुलबाटै । परीक्षा पनि ठीकै भएको थियो, अरु बर्षहरुको भन्दा राम्रै गरेको जस्तो लाग्छ आफूलाई त। पहिला हुन सक्छु कि भन्ने आस पनि छ। तेश्रा र दोश्राको नाम लिंदा पनि मेरो नाम नपरेपछि म भित्र-भित्रै खुशि हुन थालिसकेको थिएँ । क्रमशः
Read Full Discussion Thread for this article