Posted by: Nirman April 16, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
१)क) स्थानीयता (स्याङ्जाली रैथाने भाषालाई कत्तिको टिपिइको छ?) --एकदम...स्थानिय भाषाको उचित प्रयोगले नै कथा यति सरल र मिठो भएको छ। १)ख)परिवारिकता (के कथाका पात्रहरु आ-आफ्ना नातेदार वा पारिवारसँग बोल्ने भाषालाई सजीवताका साथ प्रस्तुत गरिएको छ?) --खोइ परिवारसंग कथामा त्यति बोलिएको जस्तो लागेन। साथीभाइसमगको भाषा एकदम उचित छन्। अब लोकराज काका परिवार हुन् भने चाहि बोलेको ठिकै जस्तो लाग्छ। १)ग) स्ल्याङ् (विशेष गरी युवाहरुबीच प्रयोग गरिने अनौपचारिक शब्दहरुको कत्तिको समिश्रण गरी कथालाई सहज र रोमाञ्चक बनाइएको छ?) --कृपया (क) र (ख) को उत्तर हेर्नुहोला। २)क) म सुटुक्क यता पट्टिको औषधि पसलतिर हेर्दै थिएँ, बुढा बुढि नै छन् बा। बुढि भित्र पसेसी म एक्लै सुटुक्क गएँ र किनिहालेँ। --दादाको मनमा कालो भावना जाग्रित भएर त्यो भावनालाई शान्त बनाउने ध्याउन्नामा त्यो घटना भएको हो। तर यस घटनाले दादामा त्यो उमेरमा नि राम्रो ज्ञान रहेछ भन्ने देखाउंछ जुन धेरै हदसम्म राम्रो हो भन्ने म थान्छु। ३)क) काव्यमा यो गीतको प्रयोग किन अस्वभाविक छ? जोमसोगैँ बजारमा, १२ बजे हावा सररर, होऽऽ हजुर घर हाम्रो पोऽऽखरा, अझसम्म भाऽ छैन घरबार ... --अब त्यो चाहि हाम्रो इतिहासको विद्यार्थी चिप्लेढङ्गासंग सोध्नुहोला। ३)ख) दादागिरीको सञ्जुप्रतिको आकर्षणमा कुन बढी छ, आत्मीय प्रेम वा शारीरिक चाहना? काव्यकारको यौनचाहना र वीपी कोइरालाको 'सिपाही' कथाको प्रमुखपात्रमा भएको यौनकुण्ठाको तुलनात्मक विवेचना गर्नुहोस्। --सिपाहि एक रातको कथा भो यो चाहि धेरै दिनका कथा भए। त्यसमा यौनको भावना बढि छ...यसमा यौनमा शुरु भएर प्रेममा गएर टुङ्गेको छ। अब प्रेम शुरु हुनुभन्दा पहिले त शरिरप्रति आकर्षण त स्वभाविकै हो नि त्यो नि त्यस्तो उरन्ठेउलो उमेरमा। ३)ग) काव्यमा आत्मारामले सह-नायक वा खलनायक, कुन पात्रको भूमिका खेलेको छ? र किन तपाईंलाई त्यस्तो लाग्छ? --बिचरा आत्माराम त सहयात्रि हुन कथाको...अब यसै भन्नुपर्दा सन्जु र दादा जोड्ने पुल भन्दा उचित होला भन्ने ठान्छु।
Read Full Discussion Thread for this article