Posted by: gaalab April 15, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
साझा विद्यालय प्रथम त्रैमाशिक परीक्षा विषय : नेपाली (सञ्जुकाव्य) समय : सकेसम्म चाँडो पूर्णांक: १०० तलका प्रश्नहरुमध्येबाट कुनै १को हल गर्नुहोस् । १) तपसिलका दृष्टिकोणबाट सञ्जुकाव्यको भाषिक समालोचना गर्नुहोस्। क) स्थानीयता (स्याङ्जाली रैथाने भाषालाई कत्तिको टिपिइको छ?) ख) पारिवारिकता (के कथाका पात्रहरु आ-आफ्ना नातेदार वा पारिवारसँग बोल्ने भाषालाई सजीवताका साथ प्रस्तुत गरिएको छ?) ग) स्ल्याङ् (विशेष गरी युवाहरुबीच प्रयोग गरिने अनौपचारिक शब्दहरुको कत्तिको समिश्रण गरी कथालाई सहज र रोमाञ्चक बनाइएको छ?) २) कुनै १ को सप्रसंग व्याख्या गर्नुहोस्। क) म सुटुक्क यता पट्टिको औषधि पसलतिर हेर्दै थिएँ, बुढा बुढि नै छन् बा। बुढि भित्र पसेसी म एक्लै सुटुक्क गएँ र किनिहालेँ। ख) "नेपाल गयो कपाल सँगै, ब्रम्हा गयो कर्म सँगै!" भन्या जस्तो ‍‍‍***** के गर्नु ! कर्ममा नलेखेसी ढडियामा परिसक्या माछा नि फुत्किँदो रैछ। ग) "केइ नि हुन्न सञ्जु! पाती निचोरेर त्यसको रस लगाऽसी सञ्चो हुन्छ। यस्ता घुँडा त हाम्रा कति ठोक्किए कति पौडिँदाखेरि।" ३) तलका प्रश्नहरुको उत्तर दिनुहोस् । क) काव्यमा यो गीतको प्रयोग किन अस्वभाविक छ? जोमसोगैँ बजारमा, १२ बजे हावा सररर, होऽऽ हजुर घर हाम्रो पोऽऽखरा, अझसम्म भाऽ छैन घरबार ... ख) दादागिरीको सञ्जुप्रतिको आकर्षणमा कुन बढी छ, आत्मीय प्रेम वा शारीरिक चाहना? काव्यकारको यौनचाहना र वीपी कोइरालाको 'सिपाही' कथाको प्रमुखपात्रमा भएको यौनकुण्ठाको तुलनात्मक विवेचना गर्नुहोस्। ग) काव्यमा आत्मारामले सह-नायक वा खलनायक, कुन पात्रको भूमिका खेलेको छ? र किन तपाईंलाई त्यस्तो लाग्छ?
Read Full Discussion Thread for this article