Posted by: Poonte April 14, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
हाम्रो दादा हारिप खल्ली छ। हाम्लाई उल्लु बनाउन खोज्नी? हाम्लाई था? छैन र उसलाई पौडी खेल्न आउँछ भनेर? सन्जु बिचरीलाई पो पौडन आउन्न थ्यो! ?साथ ही मरेङ्गे सनम्? भन्ने निहुँ पारी बिचरीलाई नि भूते रहमा हुत्ताएछ। आफू चईं हुत्तिएसी हत्त न पत्त पौडेर उत्र्यो होला नि जमीनमा! सन्जुलाई चईँ, ?मैले त पाईन पाईन, अरु कसैले नि नपाओस्? भनेर मार्देछ नि! किन? हामी थेनम् र? दिप थेन र? सरुभक्त थे न र? साझाका यत्तीका खाई लाग्दा, रहर लाग्दा जल्दो-बल्दो ठिटाहरुलाई जिऊँदै मार्दिनी? ईन्डी भाईको त ताल परयो जस्तो छ रुईनासंग, ठिकै भो। अरु थेनन् र? पख, आजै लोकराज काकालाई कुरा लाईन छु भने मरीजाम्! त्यो धोबिनीको च्यात्त्या पेटीकोट कै कस्सम्! अब कोस्लाई डुबाउने बिचार छ भूते रहमा? मन्जुलाई? होस् गर है, ओ.के.! दादाको चाला निको छैन जस्तो छ! हाहाहा?रमईलो मात्र गर्द् या नि! दादा जस्तो उस्ताद् कथाकारलाई नि निहुँ खोजेर हाम्रो खैरियत रहला त? जे होस्, फेरि फेरि लेख्दै गरम् है! अनि, साँची, अस्तिको मेरो हिन्ट मा आफुले ठिम्याउन सके कि सकेनौ, कुन्नी? म तनहुँ जिल्लाको। गजरकोट गा.बि.स. हो ? ठ्याक्कै कालीले स्याङ्जा, पाल्पा र तनहुँ भेट्नी ठाम् नेर। बरु, ईन्डी र रुईना को कुरो उठी हालो, भन्दि हालम्। रुईना बुईनी, अलिक होस् गर है! त्यो बज्ज्येको नामै ?indisguise? छ, कत्ति छलकपट गर्न जान्दो हो! फेरि बज्ज्येको घर भित्रीएसी, जेठी, माईली, साईंली, काईंली, राईंली, ठाईंली?सबको फेला परेसी खप्पराँ हात राखेर आफू नि त्यै भूते रह तिर हुत्तिने सुर कस्न पर्ला नि! अन्खेर, ?दाईले भन्न त भन्नु भा? थ्यो? भन्ने नपरोस्। {ठट्टा मात्र गरेको नि फेरि! नामै ?रुईना? छ, फेरि यत्तिकै क्वाँ क्वाँ रोईदेला} :p
Read Full Discussion Thread for this article