Posted by: Dada Giri April 12, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
जब हामी बेनी खोलाको पुल तरेर यसो सँगै बस्ने कुरा जाहेर गर्ने तरखरमा थियौँ आत्मारामका बुवा, नापि कार्यालयाका खरिदार हाम्रो अगाडि एक्कासी देखा परे, ए ठिटाहरु त आइपुगेछन्, ल यहीँ हो मेरो कोठा हिँड माथि। हामी त किंकर्तव्यबिमुढ भैहालेम् नि अब। हत्तपत्त काका आरामै, भनेर हातमा ढोगेम् काकालाई। ती बुइनीहरुले नि कुरा बुझे र भने। ए, यहीँ हो ल है त दाजूहरु। हामी पनि रुन्चे स्वरमा, हुन्छ, हुन्छ, राम्रोसित जानु है त। भन्दै माथि काकाको कोठातिर लागेम् र हातगोडाको हिलो पखाल्नतिर लागेम् । आत्मारामले हातगोडाको हिलो पखाल्दै चालै नपाइकन गीत गुन्गुनायो। उडायो सपना सबै हुरिले, सपना सबै हुरीले, सपना सबे हुरीले। अध्याय १४, स्वतन्त्र नेपालडट् कम् मा पनि प्रकाशित भैसकेको छ।
Read Full Discussion Thread for this article