Posted by: Dada Giri April 12, 2005
Login in to Rate this Post:
0
?
हामी बाटोमा चिया सिया खाँदै बस्दै रामउँदै अघि बढियो ५चै जना। बाटोमा घरि साना घरि अलि ठुला गरी थुप्रै खोल्साहरु पनि परे। मैले निर्मलाको हात समातेर तार्दिएँ ।रमाइलो पनि कति भएछ कुन्नि समय पनि बित्दै गएछ, बाटो पनि कट्दै गएछ, तर एकदम सानो गतिमा।
म्याग्दी बजार आउने बेलामा त झमक्क साँझ परेर आयो अनि पानी पनि दर्किन थाल्यो। हामी केटाहरु कुनैसित पनि छाता साता थिएन तर बुइनिहरु भने कस्ता सोजिला नि छाता रे छ छाता त, एक एक वटा छाता झोलाँ राख्या रे छन् मोरीहरुले। पानी मजाले परेसी बल्ल निकाले।
झोलाबाट छाता निकालेर ओढ्न थाले। *ल हजुरहरु त पर्नु भो फेला। बाँडेर ओढौँ न।*
म निर्मलाको छातामुनि र उनीहरु सलिनाको छातामुनि पसियो।
कस्तो साइत मिल्या रे छ नि आज त।
निर्मलाको नजिकै परेसी थाऽ लाग्यो कस्तो मिठो वासना आइराऽऽ । के लगाकी रै छे कुन्नि। अझ हातमा एउटा राम्रो किरे मिरे बुट्टा भरेको रुमाल पनि लिएकी थी।
छाताले काँ भ्याउनू नि २, ३ जनालाई। पानीले मात्र हैन मलाई त हिलोले पनि छ्याप्यो भन्या चालै नपाइकन काली गण्डकीको तिरमा कताबाट उछिट्टिएर आएछ हिलो पनि कुन्नि।
मैले यसो हिलो पुछ्न के खोज्दै थेँ निर्मलाले आफ्नो हातबाट त्यो रुमालले पुछ्न मद्दत गरी, त्यस्तो राम्रो रुमालले हिलो पुछ्न त मनै लागेन मैले नि अनूहारको पसिना पुछिदिएँ, म त हर्षले बिव्हल नि।
आज त अब के भन्नी यस्तो शूभ दिन।
*** *** ***
यसो त्यसो गर्दा गर्दै बेनी बजार छिर्ने बेलाको म्याग्दि खोला माथिको पुल पनि आइसक्यो र बजारको बत्तिको प्रकाशले हाम्लाई उत्साह दियो।
पुल तर्ने बेलाँ मैले सुटुक्क केटाहरुलाई भनेको थिएँ, आज सप्पै सँगै एउटै होटलमा बस्नुपर्छ केटा हो। केटाहरुबाट खासै प्रतिकृया आएको थिएन तर पनि उनीहरु धेरै उत्साहित थिए। मलाई थाऽ थियो उनीहरुको खल्ति सल्ति रित्तो छ भन्ने कुरा, अघि नै ट्याउसी भाडा तिर्ने बेलाँ पर्स सर्स टकटक्याउन परेको थियो तिनीहरुले त।
*** *** ***