Posted by: Dada Giri April 12, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
निर्मला भन्ने त कति राम्री भने के भन्नी अब वयान गर्नलाई शब्द नै छैन मसित। सेऽता टमक्क मिलेका र सुकिऽला दाँत अनि खिसिक्क हाँस्दाखेरि गालामा सानो खाल्टो पर्ने, नहाँसिकन बोल्नै नजान्ने फेरि । हुन त अर्की बुइनी पनि राम्री नै हुन् कस्तो काऽलो र लामो नि केश, निधारको टिकी र नाकको फुली कस्तो सुहाको नि, अब के भन्नी। यत्तिकैमा मलाई तिर्खा लायो अनि पानी खाम् भनेर मेरो बोत्तलबाट पानी निकाल्दै थिएँ। निर्मलाले आफ्नै शुरमा भनी, तिर्खा लायो सलिना। उसले मलाई सुनाउन खोज्या त हैन, संयोग नै हो यो चाँहि म किटेरै भन्दिन्छु ल। मैले, पानी पिउनुहुन्छ, भनेर यसो अगाडि हात बढाएँ पानी भने धेरै थिएन बोत्तलमा। उसले त्यसको हिसाब राखेरै होला, अलिकति मात्र अलक्क पीऽ र कोइलीको जस्तो सुमधुर अनि सुरीलो स्वरमा भनी । "धन्यबाद, चीऽसो पानि रे छ।" तर पानी चिऽसो त हैन, मन तातो नै भइसक्या थियो। तर मसित सुहाउँदो जवाफ नै भएन र चुप लागेर बसेँ। "ऊ माथि होला झरनाको चिसो पानीको धारा त ।" गोबिन्दले कुरा मिलायो, "त्यतै पिउँला अब झरनाको चिऽसो पानि" भनेर सँगै सँगै हिड्ने बाटो पनि निकाल्यो। *** *** *** आत्मारामले चालै नपाइकन गीत पो गुन्गुनायो त। झरनाको चिसो पानी, बाँधेर बाँधिदैन, छेकेर छेकिँदैन, झरनाको चिसो पानी ... "हजुरलाई त गित राम्रो आउँछ जस्तो छ नि एउटा गित सुनाउनु भए हुन्थ्यो।" सलिनाले आत्मारामको प्रशंसा गरी। आत्माराम त मख्ख नि अब उनीहरुको गीतको फर्माइस पाएर। आत्मारामको नाँक साँक फुलेर एक मानाको भयो। हुन त आत्मारामलाई रेडियोबाट आउने गीतहरु सप्पै याद हुन्छ, मलाई भने कता छेऊ कता टुप्पा हो यादै हुन्न।उसले गीत मुखुडाबाटै गाएर सप्पै सुनाउन सक्थ्यो। दीऽ हाल्यो। जोमसोगैँ बजारमा, १२ बजे हावा सररर, होऽऽ हजुर घर हाम्रो पोऽऽखरा, अझसम्म भाऽ छैन घरबार ... "बुइनीहरु काँ पुगेर आउनु भा नि यता?" "बजार गाऽ नि बाग्लुगंसम्म।" हामी बिस्तारै अघि बढियो। प्रसंग प्रसंग मिलाएर सलिनालाई नि गोविन्दको अनूरोध गयो भनम् न। गीतै सुनाउने। तर मानिन, "आउँदैन के दाजू, आउँदैन के नत्र भन्नी थिँए। कस्सम भन्नी थिएँ। रामो राम मलाई गीत भनेसी पटक्कै आउँदैन। बरु निर्मलालाई आउँछ नि सुनाउन लाउनुस् न।" हो र निर्मलाजी, तपाईँलाई त खुब गीत आउँछ रे नि, तपाईँ कै मित्र सलिनाजीले भन्नु भाको। निर्मला आत्मारामसित कुन्नि कुन कुरामा हो ब्यस्त नि अब। कुरै सुनिन गोबिन्दको त। गफ बढ्दै गयो। गोबिन्दको अर्को अनूरोधपछि सलिनाले बल्ल बल्ल मुख उप्काइ। बेनीको बजार, जता माया उतै छ नजर, किरे मिरे जाले रुमाल ...
Read Full Discussion Thread for this article