Posted by: Dada Giri April 12, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
सञ्जु काव्य अध्याय १३ अँ अनि मैले घराँ १ पाथि मकै चोरेर एउटा खच्चरवालालाई बेचेँ। त्यतिखेर जुग्लेबाट कुष्मातिर जाने खच्चर थिए के २,३ दर्जन जति। मैले र आत्मेले जम्मैलाई चिन्या थिएम्। हाम्रा दोष्ती बनिसक्या थिए ती खच्चरवाला केटाहरु। आत्मारामले नि घराँ थाऽ नपाउने गरी खच्चर चराएर पैसा जोड्या रैछ, पछि थाऽ लाग्यो मलाई तेल्ले भनिसकेसी। घराँ थाऽ पाए त मार्छन् नि फेरि। ?किन खच्चर चराउन गइस् बेइजेती ? भन्छन् नि ।काम गर्न त काँ हुन्छ र, इज्जत जान्छ नि , हैन? आज घुम्न जानी भनेर हामेरु विहान उठेर स्कुलमुनि पुगेर कुरेम् सञ्जुलाई।यताउता निस्किने बेलाँ ढिलो गर्ने त बानि नै हो के सञ्जुको फेरि, घरि के हराउँछे घरि के हराउँछे।निस्किसकेसि एक पटक फर्किनु पर्छ त्यसलाई जैले नि त्यस्तै हो। एकैछिनमा सञ्जु पानि हस्यागं फस्यागं गर्दै आईपुगी र मलाई फ्याट्ट हानीर भनी, ?ल हिँड ढिला भइसक्यो?। "हेर न, जुन चोर उसको ठुलो स्वर! तैँ त होस् नि ढिलो गर्नी।? भन्दै अगाडि बढेम्। *** *** *** काकाको कोठाँ पुगेर सञ्जुले सामान राखी , अनि हामेरु गुरुकहाँतिर जानी भनेर हानिएम्। ?गुरु? त रहिन्छन्, क्या बोर भो, भेट्नै पाइएन बुढालाई। *** *** *** काका कोठाँ फर्केसी हाम्रो योजना सप्पै सुनाएम्।काका केही बोल्नु भे न। रातभरि एकातिर सञ्जुलाई जान दिँदैनन् कि बुढाले भन्ने परि र्कोतिर यताबाट आत्मेले पेलेको छ उताबाट गोबिन्दले पेलेको छ, मलाई त क्या बोर। *** *** *** विहाना उठेसी काकाले भन्नुभो, ?अहिले तिमेरु जाओ के रे घुम। सञ्जु भोलि पर्सितिर घरै आउँछे।? हामी रित्तो मन लिएर निस्केम्। प्रगती नगरसम्म सञ्जु हाम्लाई पुर्याउन भनेर आई र भनी ?पर्सी स्कुलको, तिजको नाटकमा त रमाइलो गर्नु पर्छ।? ?खाने मुखलाई जुगांले छेक्दैन। मजाले घुम्नी हो केटा हो। ? मैले केटाहरुलाई शान्त्वना दिने प्रयास गरेँ , आफ्नो मुटुबाट भने भक्कानो छुट्ला जस्तो भाऽ छ फेरि। *** *** *** बागलुगं बस पार्कमा पुगेसी, गाडि कुर्दा कुर्दा पाइनी हैन। कस्तो कुदिन पर्या रे छ नि आज त। हामी यताउता घुम्दै गरेम्, फर्केर आम्दा एउटा गाडि त छुटिहाल्यो त्यो पनि प्याक नि अब छतमा नि थिए २,४ जना त। अब त ढिला हुन्छ भनेर हामी ट्याउसीमा गइयो। माथि उकालोमा पुगेसी एक ठाममा त तान्नै सकेन नि ट्याउसीले। हामी झरेर घच्याटेम्, अरु २ जना ठिटाहरु नि थिए। एउटाले भान्जी काखमा लिएको थियो। तिजमा दिदी लिन गेऽर दिदीको फुर्सद नमिल्या हुनाले भान्जि मात्र काखमा लिएर फर्क्या रैछ। हाम्ले तिनेरुका कुराबाट बुझेम् नि। ट्यासी ओरालोमा त हुइकियो। गित पनि गुञ्जिदै थियो ड्राभर साऽपको क्यासेटबाट। ?मुटु छुने लुम्लेको हावाले, हावाले ... ... ...? To be contd.
Read Full Discussion Thread for this article